काठमाडौं, ४ असार । इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो । युद्धका कारण वश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
Advertisement
गत जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो । लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रिएको थियो । उक्त क्रम विगत ६ दिनदेखि जारी छ ।
इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।