• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ, २ असार । स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरूले जोड दिएका छन् ।

    Advertisement

    ‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रमका सहभागी क्यान्सर रोग विशेषज्ञहरूले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या समयमै पत्ता लाग्ने भएकाले महिलालाई यसप्रति समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

    “स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि नियमित परीक्षण आवश्यक रहेको छ,” क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठले भने, “कम्तीमा १० वर्षदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने र परीक्षण गर्न सकिने सुविधा भएकाले महिलालाई सो सम्बन्धी नियमित रूपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।”

    स्तन तथा पाठेघरको मुखको क्यान्सरमुक्त समाज निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यस्ता सामाजिक संस्थाले यससम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै डा. महासेठले स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु, यस्तो गिर्खा नदुख्ने र बढ्ने खालको हुनु, स्तनको मुन्टा गाडिने, रंग परिवर्तन हुनु, छाला बाक्लो हुनु, मुन्टाबाट पिप वा रगत बग्नु, घाउ निको नहुनु जस्ता समस्या देखिने गरेको बताए ।

    पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन ६ महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनले ५० वर्षदेखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा ४० वर्षदेखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको तथ्यांक छ ।

    “पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ,” अर्का विशेषज्ञ डा. राजीव महासेठले भन्नुभयो, “स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिँदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।”

    स्तन क्यान्सर हुँदा लक्षण ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु नहुने उल्लेख गर्दै डा. महासेठले ४० वर्षमाथिको उमेरका महिलाले वर्षमा एकचोटि मेमोग्राम गराउने गर्नुपर्नेमा जोड दिए । “मेमोग्रामको सुविधा नभए अल्ट्रासाउन्ड गराएर हेर्नुपर्ने हुन्छ” उनले भने ।

    “बीस वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ”, डा महासेठले भने, “अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।”

    सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले आर्थिक बोझ र मानव जीवन जोगाउन सक्ने उल्लेख गर्दै स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । –रासस

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.