• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

आब २०८२/८३ को बजेट: कौवालाई वेल पाक्यो हर्ष न विस्मातः केसी (भिडियोसहित)


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको २०८२/८३ बजेट आम नेपाली जनतालाई ‘कौवालाई वेल पाक्यो हर्ष नविस्मात’ भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले बताउनु भएको छ ।

    Advertisement

    ‘यो बजेटले आम नेपाली जनतालाई खुशी बनाउन सकेको छैन’ केसीले भन्नु भयो– ‘आम जनता खुशी नहुने बजेटको स्वामित्व पनि जनताले लिने कुरा भएन ।’ बजेट मुठ्ठी भरका थैलीशाह वर्गका पक्षमा बनेको भन्न कुनै फरक नपर्ने केसीले जोड दिनु भयो ।

    बजेटको अन्तरवस्तुमा गएर विचार गर्ने हो भने त्यो आरोप नभएर यथार्थता भएको केसीको भनाई थियो । ‘प्रत्येक वर्ष हाम्रो श्रम बजारमा पाँच लाख मान्छेहरू थपिन्छन् । ति पाँच लाख मानिसहरूलाई रोजगार दिने हाम्रो बजेटले के कस्तो व्यवस्था गरेको छ ? त्यसलाई पनि एकपटक हेरौं ।’ केसीले अगाडि भन्नु भयो– ‘नेपालको सन्दर्भमा रोजगारी श्रृजना गर्ने क्षेत्र कृषि हो । कृषि क्षेत्रलाई कतिजनालाई रोजगारी व्यवस्था गर्न सक्यो ? त्यसरी हेर्यौं भने कृषिमा अझै पनि सामान्ति भू–स्वामित्व कायम छ ।’

    किसानको सट्टा भूमाफियाहरूलाई पोष्ने गरेर बजेट ल्याइएको र कृषि क्षेत्रलाई राष्ट्रिय उद्योग क्षेत्रसँग जोडने बजेटमा कुनै योजना नभएको केसीको थप भनाई थियो ।

    रोजगारी श्रृजना गर्ने अर्को क्षेत्र उद्योग भएको भएता पनि छिमेकी मित्र राष्ट्रले दिएको सार्वजनिक मोडेलमा सञ्चालित जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, उदयपुर सिमेट कम्पनी लगायतका उद्योगहरू विक्रि गर्ने बजेटमा परेकोप्रति केसीले आपत्ती प्रकट गर्नु भयो ।

    ‘पुराना उद्योगहरू विक्रि गर्ने तर नयाँ उद्योगहरू नखोल्ने भएपछि उद्योग क्षेत्रमा पनि रोजगारी श्रृजना हुने सम्भावना भएन ।’ केसीले थप्नु भयो– ‘श्रम र रोजगार क्षेत्रलाई बजेटमा जम्मा चार अर्ब छुट्टाइएको छ । जम्मा चार अर्बले कति रोजगारी श्रृजना गर्न सक्ला ?’

    त्यो भनेको वर्षेनी नेपाली युवाहरूबाट कमिशन खाएर उनीहरूलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरूले पठाएको रेमिटेन्सबाट संसद र तीनै तहका सरकार चलाउने सोंचमा सरकार रहेको केसीले बताउनु भयो ।

    ‘बजेटमा ठूला कारोबारी, होटल, रेसोर्ट लगायतका व्यवसायीहरूलाई विधुत लगायत विभिन्न करमा समेत छुटको व्यवस्था गरेको छ, तर साना किसान, मजदुर, श्रमजिवी वर्गमाथि कर लगाएको छ ।’ केसीले भन्नु भयो– ‘सरकारको यो बजेटले कुन वर्गलाई फाईदा पुराएको छ ?’

    प्रत्येक वर्ष संसदमा वजेट प्रस्तुत हुँदा छलफलमा भाग लिउँ कि नलिउँ भन्ने मनमा प्रश्न उठ्ने गरेको केसीले बताउनु भयो । छलफलमा भाग लिउँभने सरकारले कुनै प्रकारको संशोधन गर्दैन, नलिउँ भने जनतालाई बजेटको वास्तविकता अवगत गराउन सकिंदैन । सरकारले बजेटमा संशोधन गर्ला भनेर होइन, वजेटको वास्तविकता जनतालाई जानकारी गराउनलाई म यो रोस्टममा उभिएको छु ।

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.