• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आब २०८२/८३ को बजेट: कौवालाई वेल पाक्यो हर्ष न विस्मातः केसी (भिडियोसहित)


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको २०८२/८३ बजेट आम नेपाली जनतालाई ‘कौवालाई वेल पाक्यो हर्ष नविस्मात’ भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले बताउनु भएको छ ।

    Advertisement

    ‘यो बजेटले आम नेपाली जनतालाई खुशी बनाउन सकेको छैन’ केसीले भन्नु भयो– ‘आम जनता खुशी नहुने बजेटको स्वामित्व पनि जनताले लिने कुरा भएन ।’ बजेट मुठ्ठी भरका थैलीशाह वर्गका पक्षमा बनेको भन्न कुनै फरक नपर्ने केसीले जोड दिनु भयो ।

    बजेटको अन्तरवस्तुमा गएर विचार गर्ने हो भने त्यो आरोप नभएर यथार्थता भएको केसीको भनाई थियो । ‘प्रत्येक वर्ष हाम्रो श्रम बजारमा पाँच लाख मान्छेहरू थपिन्छन् । ति पाँच लाख मानिसहरूलाई रोजगार दिने हाम्रो बजेटले के कस्तो व्यवस्था गरेको छ ? त्यसलाई पनि एकपटक हेरौं ।’ केसीले अगाडि भन्नु भयो– ‘नेपालको सन्दर्भमा रोजगारी श्रृजना गर्ने क्षेत्र कृषि हो । कृषि क्षेत्रलाई कतिजनालाई रोजगारी व्यवस्था गर्न सक्यो ? त्यसरी हेर्यौं भने कृषिमा अझै पनि सामान्ति भू–स्वामित्व कायम छ ।’

    किसानको सट्टा भूमाफियाहरूलाई पोष्ने गरेर बजेट ल्याइएको र कृषि क्षेत्रलाई राष्ट्रिय उद्योग क्षेत्रसँग जोडने बजेटमा कुनै योजना नभएको केसीको थप भनाई थियो ।

    रोजगारी श्रृजना गर्ने अर्को क्षेत्र उद्योग भएको भएता पनि छिमेकी मित्र राष्ट्रले दिएको सार्वजनिक मोडेलमा सञ्चालित जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, उदयपुर सिमेट कम्पनी लगायतका उद्योगहरू विक्रि गर्ने बजेटमा परेकोप्रति केसीले आपत्ती प्रकट गर्नु भयो ।

    ‘पुराना उद्योगहरू विक्रि गर्ने तर नयाँ उद्योगहरू नखोल्ने भएपछि उद्योग क्षेत्रमा पनि रोजगारी श्रृजना हुने सम्भावना भएन ।’ केसीले थप्नु भयो– ‘श्रम र रोजगार क्षेत्रलाई बजेटमा जम्मा चार अर्ब छुट्टाइएको छ । जम्मा चार अर्बले कति रोजगारी श्रृजना गर्न सक्ला ?’

    त्यो भनेको वर्षेनी नेपाली युवाहरूबाट कमिशन खाएर उनीहरूलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरूले पठाएको रेमिटेन्सबाट संसद र तीनै तहका सरकार चलाउने सोंचमा सरकार रहेको केसीले बताउनु भयो ।

    ‘बजेटमा ठूला कारोबारी, होटल, रेसोर्ट लगायतका व्यवसायीहरूलाई विधुत लगायत विभिन्न करमा समेत छुटको व्यवस्था गरेको छ, तर साना किसान, मजदुर, श्रमजिवी वर्गमाथि कर लगाएको छ ।’ केसीले भन्नु भयो– ‘सरकारको यो बजेटले कुन वर्गलाई फाईदा पुराएको छ ?’

    प्रत्येक वर्ष संसदमा वजेट प्रस्तुत हुँदा छलफलमा भाग लिउँ कि नलिउँ भन्ने मनमा प्रश्न उठ्ने गरेको केसीले बताउनु भयो । छलफलमा भाग लिउँभने सरकारले कुनै प्रकारको संशोधन गर्दैन, नलिउँ भने जनतालाई बजेटको वास्तविकता अवगत गराउन सकिंदैन । सरकारले बजेटमा संशोधन गर्ला भनेर होइन, वजेटको वास्तविकता जनतालाई जानकारी गराउनलाई म यो रोस्टममा उभिएको छु ।

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.