• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

चार देशका पाँच लाख आप्रवासीलाई अमेरिका छोड्न आदेश हुँदै


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । पाँच लाख आप्रवासीलाई अमेरिकाले तत्कालै देश छाड्न निर्देशन दिने भएको छ ।

    Advertisement

    अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) ले बिहीबार एक विज्ञप्तिमार्फत् क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई यसअघि निष्काशन गर्नबाट लगाइएको अस्थायी रोक अन्त्य गरिएसँगै सो स्थिति निर्माण भएको हो ।

    उनीहरूलाई अमेरिकाबाट बाहिरिन आग्रह गर्दै इमेल पठाइने उक्त निकायले जनाएको छ ।

    पूर्वराष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालमा चार देशका पाँच लाख नागरिकलाई दुई वर्ष अमेरिकामै बस्न सक्ने अनुमति दिएको डिएचएसले जनाएको छ ।

    ट्रम्प प्रशासनको आम निष्काशन कार्यक्रमजस्तै पछिल्लो निर्देशन विरुद्ध पनि कानुनी चुनौती दिइने ठानिएको छ ।

    आफ्नो कार्यकालमा बाइडेनले उनीहरूका लागि अमेरिकामा रहने सुविधा बढाएका थिए, जसलाई ह्युमेनिटेरिअन परोल नाम दिइएको थियो । उनीहरूलाई आआफ्नो देशको अवस्थाका कारण अमेरिकामा रहने सुविधा दिइएको बताइएको थियो ।

    डिएचएसका अनुसार सन् २०२४ को नोभेम्बर अन्त्यसम्म पाँच लाख ३१ हजार छ सय ७० जना मानिसलाई उक्त कार्यक्रमअनुसार अमेरिकामा बस्ने अनुमति दिइएको थियो । यसले ती चार देशबाट अमेरिकामा हुने गैरकानुनी प्रवेश ९८ प्रतिशतले घटेको थियो ।

    नयाँ निर्देशिकाबाट ठ्याक्कै कति मानिस प्रभावित हुन सक्छन् भन्ने अझैसम्म प्रस्ट छैन । ती देशका कतिपय आप्रवासी अन्य भिसा प्रक्रियाबाट यो अवधिमा अमेरिकामै रहने कानुनी अनुमति पाइसकेका छन् ।

    बाइडेन प्रशासनले अमेरिकी प्रायोजक रहेका आप्रवासीको पृष्ठभूमि अध्ययन गरिएको र उनीहरूलाई जाँच गरेर मात्रै अमेरिकामा रहने अनुमति दिइएको बताएको थियो तर ट्रम्प प्रशासनले यो विषयमा असहमति जनायो ।

    डिएचएस प्रवक्ता ट्रिसिया मिक्लक्लिनले बाइडन प्रशासनका पालामा भएको कार्यक्रमलाई “विनाशकारी“ भएको प्रतिक्रिया दिइन् । उक्त कार्यक्रमले ठगी र अपराधका लागि ढोका खोलेको र अमेरिकी कामदारको माग घटाएको उनले बताइन् ।

    पछिल्लो अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि यो कार्यक्रम चुनावी मुद्दा बनेको थियो ।

    विशेष गरी ट्रम्प र उनका सहयोगीले पछिल्ला वर्षमा अमेरिकाका केही सहर उक्त कार्यक्रमअन्तर्गत अमेरिका बस्न अनुमति पाएका हाइटीका नागरिकको भिड हुन थालेको विषय उठाएका थिए ।

    ट्रम्प र अन्य नेताहरूले हाइटीबाट आएका आप्रवासीले घरपालुवा जनावर खाएकोजस्ता मानिसलाई भड्काउने अभिव्यक्ति दिए तर उक्त कुराको कुनै प्रमाण थिएन यद्यपि उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले धेरै आप्रवासीका कारण अमेरिकी जनताले दुःख पाएको विषयमा मानिसको ध्यान आकृष्ट गर्न कथा बुनिएको भन्दै ट्रम्पको बचाउ गरेका थिए ।

    राष्ट्रपति ट्रम्पले ज्यानुअरीमा आफ्नो कार्यकाल सुरु गरेको केही समयमै बाइडनले दिएको विशेष अनुमति खारेज गर्ने कार्यकारी आदेश जारी गरेका थिए तर गत मेमा अमेरिकाको सर्वोच्च अदालतले बाइडनको परोल कार्यक्रम खारेज गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । उक्त मुद्दा तल्लो अदालतमा अझै विचाराधीन छ ।

    डिएचएसले आफैँ देशबाट बाहिरिन चाहने अमेरिकामा रहने कानुनी हैसियत नभएका आप्रवासीलाई यात्रामा सहयोग र एक हजार अमेरिकी डलर बोनस दिने प्रस्ताव गरेको छ । (बिबिसी)

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.