• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दुरबाङ का विद्यार्थीको कथा


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे, काठमाडौँ ।

    Advertisement

    यो कथा हैन, वास्तविकता हो । यो वास्तविकता हो, अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीको हो ।

    बोस्टन र मेलबर्नजस्ता सहरमा पढ्दै गरेका विद्यार्थीसँग भविष्यमा प्रतिस्पर्धा गर्ने दुरबाङका विद्यार्थीको वास्तविकता हो ।

    बिहान झोलुङ्गेको मुखबाट सुरु हुने यो स्वाभाविक देखिँदैन । भर्खर ७–८ वर्षका केटाकेटीको जमघट देखिन्छ । यहीँबाट सुरु हुन्छ, यिनीहरूको कथा । बिहान हतारहतारमा अलि अलि खाना खाना खाएर झोलुङ्गेको मुखसम्म आइपुग्छन् । त्यहीँ एउटा यात्रु बोक्ने गाडी पनि उभिएको हुन्छ तर यी बच्चाका लागि यो गाडी होइन । त्यही पनि उनीहरूलाई लाग्छ, यो गाडीले उनीहरूलाई स्कुलसम्म पुऱ्याउँछ । सबै केटाकेटी गाडीमा झुम्मिन्छन् । गाडीवालको काम हुन्छ, कसरी हुन्छ, यिनीहरूलाई धपाउने ।

    उसको काम यति मात्रै पनि हैन, गाडी खाली भएका बेला बेलबोटसम्म ल्याइदिने, लगिदिने उनले गर्छन् । त्यसैले त केटाकेटी झुम्मिन्छन् । उनका पनि केही बाध्यता छन् । यो उनको दैनिकी हो ।

    आज पनि केटाकेटी उसैगरी झोलुङ्गे पुलको मुखमा जम्मा भएका छन् । डेढ घण्टाको बाटो बिहानै तय गर्नुछ । गाडी पनि आज भरिएको छ । आज केटाकेटी धपाउनुपर्ने भएको छ ।

    गर्मीको मौसम जङ्गल बाटो, उकालो छ । स्कुल ड्रेसको मान राख्नुछ । सबै उकालो लागेका छन् । स्कुल पुग्नैपर्छ भनेर चेत खुलेका केही बच्चा पसिना पुछ्दै उकालो लागेका छन् । कोही चौपारीमै खेल्दैछन् । कोही उकाली चढ्दाचढ्दै थकित शरीरलाई बेलपोखरीको चौपारीमा बिसाएका छन् । कोही झोलाको सिरानीमा बर र पिपलको शीतल मिसाएर निद्राको स्वाद लिएका छन् ।

    यो उनीहरूको रहर होइन, स्कुलको कहर हो । अब स्कुल पुग्ने चारपाँच जना बिहानभरिको हिँडाइको थकान बेन्च र डेस्कमा मेट्दैछन् ।

    कुनै पनि बालकको सहजै शिक्षाआर्जन गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । यो कसैले दिएको हैन, संविधानप्रदत्त अधिकार हो ।

    यस्तै अधिकार उनीहरूसम्म पुऱ्याउने काम सरकारको हो । यस्तै अधिकार आधारभूत वर्गसम्म पुगोस् भनेर नै स्थानीय सरकारलाई स्वायत्तता नेपालको संविधानले प्रदान गरेको छ ।

    आफ्नो पालिकाभित्रका देख्दा सामान्य लाग्ने तर यस्ता गम्भीर कुराको निदानका लागि भूमिकास्थान नगरपालिका कसरी चुक्यो ? हेर्दा अनौठो लाग्छ । विद्यालय व्यवस्थापन, स्थानीय र अभिभावक सबैको भूमिका दोषपूर्ण छ अथवा उनीहरूको आवाजको सुनुवाइ नगर्ने वडा र नगरपालिकाको लापरबाहीको पराकाष्ठा हो ? बुझ्न सकिएको छैन ।

    महिनाको ५ देखि १० हजार दिए कुनै पनि गाडीधनीले समयमै दरबाङदेखि आउने बच्चालाई स्कुलसम्म पुऱ्याउन र ल्याउन सक्ने कुरा दरबाङका स्थानीय बताउँछन् ।

    वडामा बुझ्न खोज्दा केही वडासदस्य भन्छन्– वडासँग यसरी खर्च गर्न सक्ने कुनै बजेट छैन । कोही स्थानीय बताउँछन् । वडासँग वैकल्पिक उपाय छन् । वन उपभोक्ता समिति, सामुदायिक वनजस्ता विकल्प हामीसँग रहेका छन् । खालि स्थानीय सरकारको समन्वयको अभाव रहेको छ । यो स्थानीयको भनाइ हो ।

    सुरक्षित र सहज रूपमा शिक्षाआर्जन बालबालिकाको नैसर्गिक अधिकार हो । यो अधिकारको सुनिश्चितता स्थानीय सरकारले जति सक्यो, चाँडै प्रदान गरोस् ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.