उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि मोसो दल्ने नेकपा बहुमतका तीनजना कार्यकर्ता पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
उनीहरूले न्यायाधीश थारुमाथि बुधबा इजलासमै मोसो प्रहार गरेका थिए।
न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो ।
सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो।