• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बाबुराम-उपेन्द्र पथमा कथित ‘जागरण अभियान’


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • कृष्णराज पाण्डे

    Advertisement

    कुनै पनि संस्था गठन गर्दा निश्चित उद्देश्य राखेर गठन हुन्छ । नेपालमा यस्ता धेरै सामाजिक संस्था छन्, जसले सामाजिक काम गरेका छन्, तर सामाजिक उद्देश्य राखेकाले राजनीतिक काम गरेका छैन । राजनीतिक काम गर्नु पनि हुँदैन । उद्देश्यानुरूप चल्नु उसको कर्तव्य हुन्छ । राजनीति काम गर्न त राजनीतिक पार्टी चाहिन्छ ।

    नेपालमा प्रत्येक व्यक्ति, समूहलाई यो अधिकार छ र खोलेका पनि छ्न । विभिन्न विचार र उद्देश्य, सिद्धान्त बोकेर यो लडाइँबाट पाएको अधिकार हो । यो सयौँहजारौँले बलीदान पनि गरेर पाएको अघिकार हो ।

    भारतमा भ्रष्टाचार विरुद्ध लोकपाल विधेयकको माग गरेर दिल्लीमा आन्दोलन चलेको थियोे । त्यसको अगुवाइ भारतका सामाजिक अभियन्ता अन्ना हजारेले गरेका थिए । यो आन्दोलनमा लाखौँको सहभागिता थियो । निकै लामो समयसम्म चलेको यो आन्दोलनमा अन्ना हजारेका सहयोगी अरविन्द केजरिवालले यसलाई राजनैतिक पार्टीको रूपमा दर्ता गरेर दिल्ली प्रदेश चुनाव सहभागी भए । विजय प्राप्त गरेर शासन चलाएका छन् ।

    तर अन्नाले जुन भ्रष्टाचारको आन्दोलन थियो, त्यसलाई छोडेनन् । तर केजरिवालले त्यो आन्दोलनलाई तिलाञ्जली दिए । उनको आम आदमी पार्टीका सांसद भ्रष्ट आचरणका कारण बदनाम पनि भए । करोडौँ पैसा दिने व्यक्तिलाई चुनावमा टिकट दिएर भ्रष्टाचार विरुद्धको आन्दोलन कमजोर मात्र पारिएन, अन्नाको लोकपाल विधेयक मागलाई खिल्ली नै उडाए । अर्कोतिर, केजरिवालको पार्टीलाई विश्वका विभिन्न देशबाट आर्थिक सहयोग आएको भन्ने कुरा अहिले पनि चलिरहेको छ । किन, कुन संस्थाले दिएका छ्न सहयोग ? यसका बारेमा भने कसैले अहिलेसम्म बताएका छैनन् ।

    केजरिवालको छद्मभेषी आन्दोलनबाट नेपालमा पनि प्रभाव देखियो । माक्र्सवाद मैले नै जानेको छु, माक्र्स अरूले बुझेकै छैनन् भन्ने, दश वर्षमा हजारौँ मान्छेको रगत होली खेलेका बाबुराम भट्टराराईले माक्र्सवाद–लेनिनवाद र माओवाद परित्याग गरी केजरिवालवाद सिको गर्दै नयाँशक्ति पार्टी गठन गरे । तर केजरिवालको हावा नेपालमा चलेन । अनि, बाबुरामले केही दिन नयाँशक्ति पार्टी केपी र प्रचण्डको चरणमा बुझाएनन् मात्रै, चुनाव जितेर समाजवाद आउने हल्ला गरे । तर गोर्खाबाट टिकट नपाउने भएपछि नयाँशक्तिलाई काङ्ग्रेसमा लगेर जय नेपाल र उदारीकरणको प्रचार गरे । अहिले भट्टराई साम्राज्यवादी र विभाजनकारी सोच भएका पार्टीलाई बुझाएर मानार्थ सङ्घीय परिषद्को अध्यक्ष भएका छ्न ।

    नेपालमा सामाजिक संस्था, एनजिओबाट राजनीतिक पार्टी बनेका पनि छ्न । जस्तै– २०६२–६३ को जनआन्दोलनपछि नेपालमा गणतन्त्र घोषणा गरियो । तर तराईलाई साध्य बनाएर काम गर्ने जनअधिकार फोरम भन्ने संस्था, जसलाई उपेन्द्र यादवले चलाएका थिए, ले नेकपा (माओवादी) को जनयुद्धलाई निकै सघाएको थियो । दश वर्षपछि जब माओवादी शान्तिप्रक्रियामा आए, अनि तराईको माग राखेर भारतीय योजनानुसार यो जनअधिकार फोरमले आन्दोलन गरेर पार्टी रूपमा अगाडि आयो । अहिले उनीहरू साम्राज्यवादलाई फाइदा हुने गरी काम गरिरहेका छन् । अर्कातिर, रविन्द मिश्रको साझा पार्टी, उज्ज्वल थापाको विवेकशील पार्टी पनि साम्राज्यवादको योजनानुसार एनजिओबाट पार्टीको रूपमा विकास भए।

    अहिले नेकपा (मसाल) बाट अनुशासनको कारबाही परेका मान्छेहरूको समूहले राष्ट्रिय जागरण अभियान भन्ने संस्था खोलेका छन् । यसका विभिन्न प्रेसनोट प्रकाशित भएको छ । यो राष्ट्रिय जागरण अभियान भन्ने संस्था सामाजिक कम गर्ने हो वा राजनीति गर्ने हो ? यो विषयमा केही प्रकाश पारिएको छैन । यसको प्रेसनोट अध्ययन गर्दा यो राजनीति गर्ने संस्था हो भने सहजै अनुमान गर्न सकिन्छ ।

    यस संस्थामा संलग्न व्यक्तिले नेकपा (मसाल) लाई दक्षिणपन्थी भयो भनेर गालीगलौज र रुवावासी गरेको सुनिन्छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले माक्र्सवाद बुझेकै छैनन्, यिनीहरू दक्षिणपन्थी हुन्, हामी जागरण अभियानका लागेका मान्छेहरू माक्र्स, लेनिन, माओ हौँ भनेर दिनरात गीत गाएको सुनिन्छ । पार्टी सिद्धान्त र आठौँ महाधिवेशनले पारित गरेका नीति, कार्यक्रम लागु गर्ने मान्छे, एसम्यान, चम्चे, अज्ञानी, विचार नभएका, तार्किक क्षमताविहीन रे ! तर पार्टी अनुशासन, माक्र्सवादी सिद्धान्त, लेनिनवादी सङ्गठनात्मक प्रणालीमा चल्न नसकेर कारबाही परेकाहरू क्रान्तिकारी, बौद्धिक, आलोचनात्मक चेत भएका महान् हौँ भन्दै प्रचार गरेको देखिन्छ ।

    अब म संस्थाको उद्देश्य बारेमा चर्चा गर्न चाहन्छु । यो राष्ट्रिय जागरण अभियान केका लागि गठन भएको हो ? यसका बारेमा आम रूपमा बताइएकै छ । प्रेसनोटमा यो संस्थामा संलग्न व्यक्ति र यस संस्थामा भौतिक रूपमा नलागेका तर भूमिगत रूपमा माया गर्नेहरू कुरा सुन्दा र बुझ्दा यो संस्थाको मूल उद्देश्य नेकप (मसाल) को विरुद्ध केन्द्रित छ । अब नेकपा (मसाल) कम्युनिस्ट पार्टी होइन । यसको उद्देश्य नयाँ जनबादी क्रान्ति होइन । यसलाई दक्षिणपन्थी हुनबाट कसैले रोक्न सक्दैन । यसरी माक्र्स नै हामी हौँ भनेर जागरण गरिरहनुभएको छ ।

    यसलाई बुझ्दा नेकपा (मसाल) माथि खुल्ला र भूमिगत हमला गर्न मात्र स्थापना भएको हो भने राष्ट्रिय जागरणको नयाँ जनवाद भनेको मसालका विरुद्ध जनमत तयार गर्नु हो । यो अभियानको समाजवाद भनेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कमजोर गर्न भ्रम पैदा गर्नु हो । यसबाट नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका शुभचिन्तकलाई भ्रम दिन सकिएला । तर अन्तिममा बाबुराम, उपेन्द्र यादवकै पथमा जानेबाहेक अरू के पो हुन्छ सक्छ ? यो दिशामा नपुगुन् साथीहरू । आशा गरौँ ।

    नेकपा (मसाल) ले समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्यका लागि ठुलो बलिदान गरेको छ । यो मुक्तिकामी जनताको अग्रदस्ता हो । विश्व मानवजातिको सारथी हो । अब मसालको विरुद्ध यो अभियानले टुप्पीदेखि पैतलासम्मको बलप्रयोग गरेको देख्दा प्रतिगामी, साम्राज्यवादीको सेवा गरेको देखिन्छ । तर यसमा आबद्ध व्यक्तिको कुराले सर्वहारा क्रान्तिको सैद्धान्तिक जन्मदाता माक्र्स भनेकै हामी, लेनिन पनि हामी र माओ पनि हामी, मोहनविक्रम दक्षिणपन्थी भन्नेलाई राजनीतिक पार्टी खोल्न कसले रोकेको छ ? कम्युनिस्ट व्यवस्था ल्याउन र क्रान्ति गर्न कसले छेकेको छ ? कमरेड एमबि सिंह र चित्रबहादुर केसीले हामो ठेक्का हो भन्नुभएको छैन होला । उहाँहरूले नेपालको कम्युनिस्ट पार्टीलाई विभिन्न उतारचढावबाट जोगाएर विचारधाराको रक्षा गर्नुभएको छ । जनताको मुक्तिका लागि सम्झौताहीन लडाइँ गरिरहनुभएको छ । यो मुक्तियुद्धमा हजारौँको रगत–पसिना बगेको छ ।

    अझै नेपालमा नयाँ जनवादी व्यवस्था प्राप्त गर्न सकिएको छैन । थप लडाइँ, बलिदानको आवश्यकता देखिन्छ । साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादको विरुद्ध बलियो अनुशासित कम्युनिस्ट पार्टीले मात्र यो मुक्तिको दियो उचाल्न सक्छ । जसले क्रान्ति गरे पनि जनतालाई मुक्ति चाएको छ । हिजो पनि मोहनजी लाई गाली गरेर, दक्षिणपन्थी भयो भनेर क्रान्ति गर्न गएकाले आफ्ना लागि क्रान्ति गरेको देखियो । जनताका लागि अभिसाप भयो । कम्युनिस्ट आन्दोलन साम्राज्यवाद पाउमा बुझाएर शासन गरेकै छन् उनीहरूले ।

    जागरण संस्थाका नेताहरूले पहिलेका जस्ता हामी होइनौँ, हामी देखाइदिन्छौँ भन्नु हुन्छ । यो भनेको क्रान्ति गरेर देखाइदिने कुरा हो भने जनताको मुक्तिका लागि जसले गरे पनि हुन्छ । यो गर्न एमबीलाई कुर्नैपरेन । अर्को कुरा पहिला सिद्धान्त, विचारको जन्म हुन्छ । विचारको जगमा राजनीतिक पार्टी गठन हुने हो । पार्टीको विधिविधानले नेता चुन्ने हो । अनि, मसालको महाधिवेशनले दक्षिणपन्थी दिशा लियो, मसालका महामन्त्रीले क्रान्ति गर्दैन भन्ने ठाउँमा पुगेकाहरूको जागरण अभियान मार्फत् किन रुवाबासी ? पार्टी खोलेर क्रान्ति गर्न म शुभकामना दिन्छु ।

    विचारको हिसाबले उच्चतम रूपको पार्टी मसाल नै हो । पूर्वाग्रह, इगो, कुण्ठा, अराजकताको त्रिपेणी होइन नेकपा (मसाल), बरु मुक्तिकामी जनताको त्रिवेणी हो, विचारको त्रिवेणी हो । यहाँ हजारौँ विचारको थुङ्गा छ । यो पार्टी पार्टी विधिअनुसार खेल्छ, रमाउँछ ।

    (लेखक अखिल नेपाल युवक संघका महासचिव हुनुहुन्छ ।)

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.