• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भ्रष्टाचारको सार्वभौमिकता ?


  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • हिन्दीमा एउटा भनाइ छ : “इस हमाम में हम सभी नंगे है” अर्थात् बाथरुममा हामी सबै नाङ्गा छौँ । यही अवस्था यतिखेर देशमा देखिएको छ । प्रसङ्ग हो भ्रष्टाचारको । देशमा भ्रष्टाचार पनि सार्वभौम चरित्रमा रहेको छ कि जस्तो लाग्दैछ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नामसमेत भ्रष्टाचारमा आएपछि यस्तो लागिरहेको हो । त्यहाँभन्दा उच्चपदस्थ भ्रष्टाचार अरू हुन नसक्ला किनकि प्रधानमन्त्री भनेको राज्यका तीन अङ्गमध्ये एउटा अङ्ग कार्यपालिकाको प्रमुख हो । ऊ कार्यकारी संवैधानिक अङ्गको प्रमुख हो । हाम्रोजस्तो प्रधानमन्त्रीय प्रणाली भएको देशमा प्रधानमन्त्रीको नाम भ्रष्टाचार आएपछि बाँकी केही रहेन । हामीकहाँ न्यायालय भ्रष्ट छ भन्ने यसअघि नै उद्घाटन भइसकेको छ, प्रधान न्यायाधीशमाथि महाअभियोग लगाएर । यसरी देशमा छिटो छिटो राजनीतिक परिवर्तन किन भइरहन्छ भनेर तथ्य खोजिरहँदा त्यसको एउटा कारण भ्रष्टाचार हो भन्ने निष्कर्ष निकाल्न कठिनाइ छैन ।

    Advertisement

    विवरणमा नजाऔँ अर्थात् व्यक्तिमा नजाऔँ यद्यपि अहिले भ्रष्टाचारमा जो जो व्यक्तिको नाम आएको छ, ती सबै दोषी होलान भन्ने नसकिएला । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र मात्रै दर्ता गराएको हो । अदालती प्रक्रियामा धेरै कुरा हुन्छ : दोषी भनिएका निर्दोष हुन सक्छन्, निर्दोष ठानिएका दोषी हुन सक्छन् । सामान्यतः तथ्यप्रमाण र साक्षीको आधारमा कुनै आरोपित दोषी वा निर्दोष साबित हुने भए पनि हामीकहाँ न्यायालयमा समेत भ्रष्ट प्रवृत्तिको अस्तित्व भएकाले जे पनि हुन सक्छ । यस सन्दर्भमा आफताब आलम पछिल्लो उदाहरण हुन् । पन्ध्र जनाले बम विष्फोटमा घाइते भएका दुई जनालाई ज्युँदै इँटाभट्टीमा डढाइयो भनेर बयान दिए पनि आलमलाई अदालतले निर्दोष भएको फैसला दिइसकेको छ । यस्ता धेरै घटना छन्, न्यायपालिकासित सम्बन्धित । त्यसकारण अहिले जे जति भ्रष्टाचार प्रकरणमा नाम अगाडि आएको छ, त्यसमध्ये दुईओटा सम्भावनाबारे अहिल्यै अनुमान लगाउन सकिन्छ : प्रथम– दोषी ठानिएका पनि पर्याप्त प्रमाणको आधारमा वा न्यायालय भ्रष्ट भएका कारण निर्दोष साबित हुन सक्दछन्; द्वितीय– कतिपयलाई राजनीतिक पूर्वाग्रहको आधारमा पनि फसाइन सक्दछ । यतिखेर अख्तियारका जुन प्रमुख छन्, ती अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो कार्यकालमा संसदीय सुनुवाइ नै नगरीकन नियुक्त गरेका थिए । त्यसबारे अदालतमा मुद्दा विचाराधीन छ । यही जेठ २८ गते यसबारे फैसला हुने जानकारी प्राप्त भइसकेको छ । यस आधारमा अहिले अख्तियारको सक्रियताका पछाडि पूर्वाग्रहले काम गरेको छैन भनेर ठोकुवा गर्न सकिन्न ।

    कतिपय मामिलाका कतिपय व्यक्तिको सन्दर्भमा पूर्वाग्रह देखा परे पनि देशको सरकार र शासनप्रशासन भ्रष्ट छ भन्ने निष्कर्षमा पुग्न त्यति बढी कठिनाइ छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न अनुगमनमा (उदाहरणका लागि ट्रान्परेन्सी इन्टरनेसन) नेपाल ग्रे लिस्टमा परिसकेको छ । त्यसबाहेक देशभित्रै अख्तियार र महालेखा परीक्षकले पटक पटक यस खालका भ्रष्टाचारका घटना उजागर गर्ने गरेका छन् । त्यसका बाबजुद हामीकहाँ भ्रष्ट तङ्खवलाई कानुनअनुसार सजाय नहुने भएकाले उनीहरूको हौसला बुलन्द छ । स्थिति कहाँसम्म हुने गरेको छ भने एउटा भ्रष्टले अर्को भ्रष्टलाई कारबाहीका लागि बार्गेनिङ गरिरहेको छ कि भन्नेसम्म आभाष हुन थालेको छ । सरकारमा जुन पार्टी रहन्छ, उसले आफूसम्बद्धलाई बचाउने र विरोधीलाई पूर्वाग्रही ढङ्गले फसाउने खेल खेलेका छैनन् भन्न सकिन्न । यस्तो अवस्थामा आमूल परिवर्तनको आवश्यकता छ । अदालतमा हुने कमजोरी अदालतकै प्रक्रियाद्वारा समाधान गर्न सकिन्छ भने राजनीतिक क्षेत्रमा हुने कमजोरीलाई निर्णायक रूपमा जनताले नै आमचुनावद्वारा सुधार गर्न सक्दछन् । त्यसका साथै राजनीतिक नेतृत्वले, खासगरी सत्तारूढ दलले आफूलाई नैतिकवान् बनाउन ध्यान दिनुपर्दछ अन्यथा जनताको सशक्त खबरदारीले नै उनीहरूलाई लिकमा हिँड्न बाध्य बनाउनेछ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १६, अङ्क ३४, २०८२ जेठ २८ गतेको सम्पादकीय)

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.