काठमाडौँ । काठमाडौँको एक सुनचाँदी पसलमा प्रहरीले छापा मारी २ करोड रुपैयाँ भन्दा बढीका बिल भरपाइ बिनाका गहना बरामद गरेको छ ।
काठमाडौँ महानगरपालिका २२ प्युखा कृष्णचोक भारतीय नागरिक ४३ वर्षीय हाविबोर सेखको मुन्ना जेम एण्ड ज्वेलर्समा छापा मारेर २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित ४ जनालाई नियन्त्रणमा लिएको हो।
उक्त ज्वेलर्समा विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
हाविबोर सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका विल भरपाई बिनाका २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरको रकमका सुन, हिरा तथा पत्थरका गरगहना बरामद गरेको हो।
हाविबोर सेखसहित भारतीय नागरिकहरु ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेखलाई पक्राउ गरेको छ।