काठमाडौँ । पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
Advertisement
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामग्री प्रसारण गरेका थिए ।
सो सामग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो ।
पत्रकार पाठकविरुद्ध देउवापुत्र जयवीरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको स्रोतको भनाइ छ ।