तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले केशरबहादुर रोक्कामगरको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ ।
बुद्धभूमि नगरपालिका–१ वीरपुर निवासी केशरबहादुरको स्मृतिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेले शोकमन्तव्य राख्नुभएको थियो ।
उपचारको क्रममा गत जेठ १७ गते भरतपुर क्यान्सर अस्पतालमा निधन भएको एघारौँ दिन आयोजित उक्त कार्यक्रममा शोक व्यक्त गर्न अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो कपिलवस्तुका सदस्य हिमलाल बेलबासेलगायतका नेताको उपस्थिति रहेको थियो ।
शोकसभाको सञ्चालन अखिल नेपाल युवक सङ्घ लुम्बिनी प्रदेश समितिकी सदस्य मीना पोख्रेलले गर्नुभएको थियो ।
स्मृतिशेष केशरबहादुर अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुका अध्यक्ष नरबहादुर घर्तीमगरका ससुराबुबा, जनजाति सम्मेलन बुद्धभूमि नगर सदस्य उमा घर्तीमगरका बुबा तथा राजमो सक्रिय कार्यकता उमा रोक्कामगरका पति हुनुका साथै आफै पनि राजमोको सदस्य हुनुहुन्थ्यो ।