रवि पौडेल ##
Advertisement
सैतिस नेपाली फर्किए
बोरा बोकेर
बोरा भरिने पैसा
तिरेर गएका थिए
अमेरिकाले खाली बोरा दियो
पोल्यान्डले दुई सय फर्काउँदैछ
बोरा दिन्छ कि कोर्रा ?
सक्ताशत्तिमा बसेर
देश खोक्रो पार्नेलाई प्रश्न
सबै देशबाट यसरी नै
बोरा बोकेर
हामी फर्कियौँ भनेँ
पक्कै पनि ठुला दलका शीर्ष नेता
देश लुट्ने लुटेरालाई
हामीले पनि
बोरा बोकाएर पठाउनेछौँ