मनिराम खनाल ##
Advertisement
जनता यो महँगीमा
पाउँदैनन् खान खोले
शासक छन् भ्रष्ट कपटीका
बन्दिन्छन् कोही झोले
सत्तामा छन् राष्ट्रघाती
गाउँमा छन् तिनका टोले
देश बेच्ने दलालका
बन्दिन्छन् कोही झोले
मन्त्री मानव तस्करका
कमिसनखोरका सोले
संरक्षक प्रधानमन्त्रीका
बन्दिन्छन् दास झोले
सरकार साम्राज्यवादका
एजेन्डा बोक्ने खाले
ऋणमाथि भ्रष्टाचार गर्नेका
बन्दिन्छन् भ्रष्ट झोले
कालो देखे कालै भनौँ
नबनौँ कसैका झोले
राम्रै होला विचारका ती
बन्द बिर्का खोले
निष्ठा विचारको अनुसरण
चढ्न परे नि सोले
भ्रष्ट लोभी नेताको हामी
नबनौँ कोही झोले