• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपालमा केही छैन र ?


  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    हरेक बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौँ युवा नयाँ जीवनको खोजीमा उडिरहेका हुन्छन् । तपाईंले त्यो दृश्यमा देख्नुभएको होला, ठुलो झोला बोकेका युवा, आँखामा सपना, छातीमा डर र पिठ्युँमा घर । जापान, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, दुबई, कतार, युरोप, मात्र सपना जिन्दगीको । कसैको हातमा भिसा हुन्छ, कसैको झोलामा सपना । सबैको मनमा एउटै प्रश्न गुञ्जिरहेको हुन्छ— ‘देशमा केही छैन र ?’

    उनीहरू देश छोड्छन् तर प्रेम होइन । माटो छोड्छन् तर माया होइन । छाड्ने हो बाध्यताले नत्र कसलाई मन पथ्र्यो आफ्नै आमाको अँगालोभन्दा टाढा जान ?

    यथार्थ के हो भने देश त छ तर बस्न सकिने अवस्था छैन । यसको मुख्य कारण हो— शासन व्यवस्थामा बसेका मानिसको सोच, योजना र जनताप्रतिको जिम्मेवारीबोधको अभाव, फलस्वरूप जन्मिन्छ बेरोजगारी ।

    नेपालले राणाशासनदेखि गणतन्त्रसम्मको लामो यात्रा पार गरिसकेको छ तर यी सबै परिवर्तन नामको मात्र भए । राजा गए, राष्ट्रपतिको पालो आयो तर जनताको अनुहारमा खुसी उस्तै गरिबीको धुलोले ढाकिएको छ ।

    गाउँका बारी बाँझा छन् । कुवा सुकिसकेका छन् । चौतारा सुनसान छन् । स्कुलका कक्षामा आवाज हराएको छ ।

    युवाका गन्तव्य फरक छन् तर कारण एउटै, देशमा अवसर छैन । के साच्चै अवसर छैन । प्रश्न आफैमा छ । उसैलाई थाहा छ, उत्तर पनि ।

    गणतन्त्रले संविधान त दियो तर देशको आत्मा अझै हराइरहेकै छ । गाउँ रित्तिँदैछन् । संस्कृति हराउँदैछ । पहिचान लोप हुँदैछ । देश बनाउने भनेको योजनाले मात्र होइन, युवालाई गाँस्ने भरोसाले हो । अवसर, मार्गदर्शन, सम्मान र सुरक्षित वातावरण—यी चारओटा पिलरबिना देशमा युवा फर्किंदैनन् ।

    ‘देशमा केही छैन र ?’ सबैले सोध्छन् तर जवाफ कसैले बुझ्दैन । जब विदेशतिर उड्दैछौँ, जहाजको झ्यालबाट तल हेर्दा देश कति सानो, कति राम्री देखिन्छ ।

    उही हरियाली, उही पहाड, उही खेत तर ती खेत अब बाँझा छन् । गहुँ र मकैभन्दा बढी विदेशिएको युवाशक्ति उमारिरहेका छन् । सवाल त सबैको उस्तै छ— ‘देशमा केही छैन र ?’

    हो, देश छ । पृथ्वीनारायण शाहको एकीकरण, जनआन्दोलनको जागरण, गणतन्त्रको घोषणा—सबै इतिहास छन् तर इतिहासले भोक मेटाउँदैन । संविधानले हाम्रा गाउँ फर्काउने आशा दिन सक्दैन । अधिकारले मात्र त पेट भर्दैन । गरिमा, अवसर र सुरक्षित भविष्य पनि चाहिन्छ ।

    हामीले कतिपटक प्रयास ग¥यौँ, देशमै केही गरौँ भनेर तर यथार्थ कस्तो छ भने जसले गर्छ, उसैले मार्छ । नीति छैन, संरक्षण छैन, बजार छैन । सरकारले कागजमा योजना बनाउँछ तर व्यवहारमा उल्टो हुन्छ, कृषि अनुदानको नाममा घुस, उद्योग प्रवद्र्धनको नाममा करको बोझ ।

    विदेशमा त भौतिक सुख पाउने हो तर भावनात्मक अभाव चर्को हुन्छ । यहाँ पैसा पाइन्छ तर समय छैन । आफ्नै लागि जिन्दगी बाँकी रहँदैन ।

    साँझपख काम सकेर फर्किंदा कोठाको ढोका खोल्दा कोही बोल्ने मान्छे हुँदैन ।

    पैसा कमाएको नाममा हामीप्रति समाजको दृष्टिकोण बदलिन्छ । फेसबुकमा घुमेको फोटो हालेपछि कमेन्ट आउँछ– तपाईं त मज्जा गर्नुभएको छ” तर कोही सोध्दैन, त्यो फोटो खिचिनुअघि कति घण्टा काम गरियो ? कतिपटक आँखा रसाइयो ? कति रात निद्राविहीन बित्यो ।

    एक मित्रले भने– ‘सर, पैसा धेरै भएछ है ।’ विदेशमा त काम नगरी बस्न त्यो शब्द सुन्दा मनमा घाउ बन्यो किनकि हामी पैसा कमाउन होइन, सपना बाँच्न आएका तर बाँच्न पनि कहाँ सजिलो छ यहाँ ?

    हामीलाई हेरिन्छ, कमाउने मेसिनजस्तो । जिन्दगीको पीडा भने आफूभित्र मात्र ।

    देश फर्किने सपना देख्न चाहन्छौँ तर बाटो नै छैन । देश फर्कन्छु्र, केही गर्छु भन्ने भावना मनमा कतिपटक आउँछ तर फर्किन खोज्दा एउटा पाइलामै भित्ता लाग्छ ।

    कृषिमा रुचि छ तर बिउको संरक्षण छैन, उत्पादनको मूल्य छैन । उद्योग खोल्न चाहन्छौँ तर बैङ्कको ऋण तर्कले होइन, सिफारिसले चल्छ ।

    नयाँ प्रविधि ल्याउन खोज्दा फाइल कार्यालयको कुनामा तर सरकार भन्छ— ‘युवा फर्कियुन्, लगानी गरुन्’ तर व्यवहारमा त्यो स्वागत होइन, शङ्का हुन्छ ः कताबाट पैसा ल्याएको होला ? काम गर्ने हैसियत छ ? कसले साथ दिने हो ? यी प्रश्नले आत्मबल चिर्दछ ।

    देशमा केवल सपनाको कुरा हुन्छ तर सपनालाई जीवन बनाउने पूर्वाधार छैन ।

    सम्बन्ध विदेशले केवल देशसँग हैन, साथीसँग पनि टाढा बनाउँछ । विदेशले मनोविज्ञान बदल्दो रहेछ । साथीहरू पहिले नजिक लाग्थे तर अहिले लाग्छ, के यिनीहरू साँच्चै साथी थिए त ?

    अरूका लागि तपाईं अब व्यक्ति होइन, रकम हुन थाल्नुहुन्छ । तपाईंले कति कमाउनुहुन्छ ? कति पठाउनुहुन्छ ? किन घर आउनुभएन ? कसरी गाडी चढ्नुभो ? यी प्रश्न मित्रता होइन, हिसाबको भाषा हुन् र कहिलेकाहीँ यस्तो पनि हुन्छ, कसैले तपाईंलाई ‘अनफ्रेन्ड’ गर्छ किनभने तपाईंले सहयोग गर्न सक्नुभएन । त्यो पीडा शब्दमा होइन, अनुभवमा मात्र देख्न सक्रिन्छ ।

    नेपालले पुल बनाएको छ, सडक खनेको छ, भ्युटावर बनाएको छ तर यिनले खान दिदैन । देशको आत्मा भनेको युवाको आशा हो, किसानको आँट हो, शिक्षकको प्रतिबद्धता हो ।

    आज गाउँ सुस्ताउँदैछन्, चौतारा सुनसान छन्, स्कुलका कक्षामा आवाज छैन । गाउँले माया मागिरहेको छ, योजना होइन ।

    गणतन्त्र आयो तर गाउँका छोराछोरी सब विदेशिएका छन् । सहर उज्यालो भयो तर गाउँमा अन्धकार बाक्लिँदैछ । नाम फेरिए तर नतिजा फेरिएन र आखिर लाग्छ, देश बनाउने भाषणले होइन, कर्मले मात्र सम्भव छ । अन्ततः हामी फर्कन्छौँ त ? देशले बोलाउँछ त ?
    हामीलाई देश चाहिएको छ, देशलाई पनि हामी चाहिएको छ तर हामीबिचको पुल चुँडिएको छ । यो पुल केवल सडकले होइन, भरोसाले बनाउँछ ।

    देशले युवालाई साथसुरक्षाको वातावरण र संवेदनशील नीति दिन सके मात्र हामी फर्कन सक्छौँ । हामी फर्कन चाहन्छौँ तर एउटा यस्तो माटोमा जसले हाम्रो श्रमको सम्मान गर्छ ।

    हाम्रो पहिचान जोगाउँछ । विदेशको जीवन कुनै सपना होइन, त्यो पनि जीवन हो, थप जिम्मेवारी र थोरै हामीलाई हेर्छ, एक ‘प्रवासी कमाउने’ होइन, एक ‘सपना देख्ने नागरिक’ को रूपमा ।

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.