बुटवल । राष्ट्रिय सहकारी अभियानले संसद्बाट पारित भएको सहकारी विधेयक र नियामकीय निकायबाट जारी सहकारीका विभिन्न मापदण्डको बारेमा अन्तरक्रिया गर्ने भएको छ ।
Advertisement
अध्यक्ष गङ्गालाल सापकोटाको हस्ताक्षरमा २०८२ जेठ २५ गते आइतबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
जेठ २४ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न जारी सो विज्ञप्तिमा असोजसम्म सहकारीको प्रदेशस्तरीय भेला सम्पन्न गर्ने तथा यस वर्षलाई सदस्यता अभियान वर्षको रूपमा अगाडि बढाउने निर्णय भएको उल्लेख छ ।
त्यस्तै, सहकारीका विश्वव्यापी अवधारणा र मोडेललाई समेटेर अध्ययन सामग्री तयार पार्नेलगायतका निर्णय गरेको सो विज्ञप्तिमा उल्लेख छ ।
