• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सहकारी अभियानको प्रथम लुम्बिनी प्रदेश भेला सम्पन्न


  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष गङ्गालाल सापकोटाको प्रमुख आतिथ्यमा २०८२ जेठ २३ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित सहकारी प्रतिनिधिको भेलाको उद्घाटन अध्यक्ष सापकोटाले गर्नुभएको थियो ।

    सो अवसवरमा मन्तव्य राख्दै उहाँले संविधानमा उल्लेख भएको तीनखम्बे देश विकासको परिकल्पनामध्यको एउटा खम्बा सहकारी क्षेत्रलाई उचित नीति र कानुनमार्फत राज्यले प्रवर्द्धन र नियमन गर्नुपर्नेमा विद्यमान कानुनको पनि समुचित कार्यान्वयन नभएको कारणले अहिले पनि सहकारीमा समस्या देखा परेको बताउनुभयो ।

    सरकारले हालै सहकारीसँग सम्बन्धित केही ऐन र मापदण्ड जारी गर्दा पनि सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि भन्दा पनि सहकारी क्षेत्रलाई अझै साँघुरो घेराभित्र राख्ने र आम समुदायको भन्दा पनि निश्चित वर्गलाई फाइदा पुग्ने अनुकूल वातावरण तयार गर्ने काम गरेको उहाँले आरोप लगाउनुभयो ।

    सहकारी संविधानमा उल्लेख भए पनि देशको सन्दर्भमा कस्तो सहकारी नीति हुने र सहकारी प्रवर्द्धनको प्रष्ट खाका के हुने भन्ने कुरामा राज्य नै अलमल रहेको उहाँको भनाइ थियो ।

    ‘सहकारीलाई केही शक्तिकेन्द्र र राजनीतिक संरक्षणमा केही सहकारीका ठगले आफ्नो स्वार्थसिद्ध गर्नका लागि सहकारीलाई उद्यम बनाएकाले अहिले सहकारीमा समस्या सिर्जना भएको हो’ उहाँले भन्नुभयो– ‘यसलाई चिर्न सही नीति, विधि र प्रविधिसम्बद्ध ढङ्गबाट समुदायलाई सचेत गराउने, सहकारीमार्फत सामूहिक उत्पादन र सहकार्य भावनाको विकास गर्ने र यसरी समाजवादी समाज निर्माणका लागि सहकारी क्षेत्रलाई आम समुदायको बिचमा अभियानको रूपमा अगाडि बढाउनुपर्दछ ।’

    कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले मुख्य गरी पालिका तहमा स्थानीय सरकारले चाहने हो भने सहकारी क्षेत्रलाई सहज ढङ्गले प्रवर्द्धन र नियमन गरी अगाडि बढाउन सक्ने गरी कानुनमा व्यवस्था भएकाले स्थानीय तहबाटै सहकारी अभ्यास अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    अभियानका केन्द्रीय सल्लाहकार लीलाबहादुर केसीले सहकारी क्षेत्रको अहिलेका जल्दोबल्दो समस्यालाई जनताका बिचमा वास्तविक कुरा लैजाँदै सहकारीमा फैलाइएका भ्रमलाई चिर्नुपर्ने दायित्व सहकारी अभियानको रहेको बताउँदै सङ्गठन निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष कविराज गिरीले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    अभियानका लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य लोकेन्द्र सुनारको अध्यक्षतामा अघि बढेको उक्त भेलामा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य कविराम भट्टराईले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कमला बन्जाडे भुसालले गर्नुभएको थियो

    भेलाले तीन स्थान रिक्तसहित लोकेन्द्र सुनार (प्युठान) अध्यक्ष रहनुभएको १३ सदस्यीय अभियानको लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा सम्झना पौडेल (नवलपरासी), सचिवमा कविराम भट्टराई (रुपन्देही), कोषाध्यक्षमा गिरबहादुर पौडेल (दाङ) तथा सदस्यमा हेमलाल खनाल (अर्घाखाँची), लक्ष्मी कुँवर (रुपन्देही), दिनमणि पौडेल (प्युठान), विष्णु थापा (रुपन्देही), रामप्रसाद गैरे (पाल्पा) र रामबहादुर चमार (कपिलवस्तु) रहनुभएको छ ।

    भेलापछिको बैठकले अमरध्वज राना (प्युठान) र केपी पोखरेल (रुपन्देही) लाई सल्लाहकारमा चयन गरेको छ ।

    निर्वाचित समितिको तर्फबाट अध्यक्ष सुनारले समग्र टिमको गतिशीलताबाट प्रदेशमा सङ्गठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.