काठमाडौँ । साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी पितृशोकमा पर्नुभएको छ ।
Advertisement
७० वर्षीय पिता भागिरथ भण्डारीको २०८२ जेठ १९ गते सोमबार राती ११ बजे निधन भएसँगै उहाँ शोकमा पर्नुभएको हो ।
अध्यक्ष भण्डारीका पिताको निधनप्रति साउदी एकता समाजले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त भण्डारी परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
समाजका कोषाध्यक्ष गणेश पोखरेलका अनुसार समाजले शोकवक्तव्य जारी गरेर श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको हो ।
उहाँको परिवारमा अब आमा भक्तिदेव भण्डारीसँगै अन्य छोराहरू गोपाल भण्डारी र भण्डारी हुनुहुन्छ । अध्यक्ष खुमिराम तीन भाइ छोरामध्ये जेठो हुनुहुन्छ ।