काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी पदबाट निलम्बित भएका छन् ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारी भ्रष्टाचार मुद्दा लागेपछि पदबाट निलम्बित भएका हुन्।
गैरकानुनी रूपमा सम्पत्ति थुपारेको आरोपमा अख्तियारले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा माग दाबीसहित सोडारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि त्यो किनारा नलागेसम्म पद निलम्बन हुने उल्लेख छ।
योसँगै अब नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नयाँ नेता को बन्ला भन्ने चासो बढेको छ।
सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको नेकपा एकीकृत समाजवादी सातै प्रदेशमध्ये यहाँ बलियो मानिन्छ । एकीकृत समाजवादीको तर्फबाट सोडारीले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्