• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लागुऔषध, अन्धविश्वास तथा कुरीति हटाउन भूमिकास्थानमा अभियान


  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • सन्धिखर्क । लागुऔषध दुर्व्यसन, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा युवा सचेतना अभियान सञ्चालन गरिएको छ ।

    Advertisement

    कानुनले वर्जित गरे पनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसाजस्ता सामाजिक विकृतिजन्य कुरीति र दुर्व्यसन नियन्त्रण गर्न नगरपालिकाको दशओटै वडामा यस्तो अभियान सञ्चालन गरिएको हो ।

    नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय युवा सञ्जालले दशओटै वडाको प्रतिनिधित्व हुने गरी पाँच स्थानमा पाँच सय बढी युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम सञ्चालन गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले बताउनुभयो ।

    भुसालका अनुसार गत शुक्रबार भूमिकास्थान वडा नं. ९ र १० का युवाको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरी आरम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिकास्थान वडा नं. ३ र ४ का युवाको सहभागितामा धारापानीमा कार्यक्रम गरि समापन गरिएको छ ।

    अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौँका प्रतिनिधि पुरन पोख्रेलले लागु औषध के हो ? दुर्व्यसन के हो ? मानिसहरू लागुऔषधको सिकार किन हुन्छन् ? कसरी छुटाउन सकिन्छ ? जस्ता विषयमा युवालाई अभिमुखीकरण गर्नुभएको थियो ।

    त्यस्तै, सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वास के हो ? यसले मानिस र समाजलाई कसरी झेलेको छ ? मुक्त कसरी हुने भन्ने विषयमा ट्रस्ट नेपाल खोटाङका अध्यक्ष गोमा राईले प्रशिक्षण गर्नुभएको थियो ।

    जेठ १६ देखि १८ गते धनचौर, नुवाकोट, असुरकोट, ढाकाबाङ र धारापानी युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा सञ्जालका संयोजक भुसाल र पत्रकार गोपालप्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

    विकृति रोक्न सहयोग हुनेछ : थापा

    कार्यक्रममा मन्तव्य राख्दै एक्काइसौँ शताब्दीमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामी, महिनाबारी बार्ने, बालविवाह, जातीय छुवाछुत र कुलतजस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झबिलाल थापाको भनाइ थियो ।

    भौतिक निर्माणले मात्रै समाज समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासको निम्ति सामाजिक कुरीति र दुर्व्यसन कारक बनेको पनि उहाँले बताउनुभयो ।

    नागरिक सचेत नभएसम्म भौतिक सुविधाले सन्तुष्टि नमिल्ने निष्कर्षसहित आफूहरूले यस्ता कार्यक्रम अगाडि बढाएको उहाँको भनाइ थियो ।
    सचेत युवाको एकताले समाजमा व्याप्त कुप्रथा र दुर्व्यसनी न्युनीकरण गदै समृद्ध समाज बनाउन सकिने विश्वास व्यक्त गर्दै थापाले कर्म र उत्पादनमा जोडिन सबै नागरिकलाई अपिल गर्नुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताउनुभएको थियो ।

    कार्यक्रममा नगरपालिकासँगै भूमिकास्थान वडा नं. १ का वडाध्यक्ष गोपाल खनाल, वडा नं. २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नं. ४ का वडाध्यक्ष बाबुराम पन्थी, वडा नं. ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र वडा नं. १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य तथा वडासदस्य, वडासचिव, शिक्षक प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधि, प्रहरीसहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो ।

     

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.