• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विश्व धूमपानरहित दिवस : धूमपानको लतले बिगारेको शारीरिक र मुखस्वास्थ्य


  •   शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
  • डा. प्रकाश बुढाथोकी, काठमाडौँ  ##

    Advertisement

    विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूमपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

    विश्वका विभिन्न देशमध्ये नेपाल धूमपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एकपटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

    अरू त अरू २५ प्रतिशत सहरी क्षेत्रका गर्भवतीले पनि धूमपान गरेको पाइन्छ । ७७ प्रतिशतभन्दा बढी महिला, ८९ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको ।

    अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एक हजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । यिनै समस्याको समाधानमा सहयोग पुऱ्याउन सुर्ती सेवनबाट उत्पन्न जटिलता, खतरा, सुर्ती एवम् चुरोट उत्पादक कम्पनीको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएकोबारे आम नागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मूल गर्न विश्व स्वास्थ्य सङ्गठनद्वारा हरेक वर्ष मे ३१ मा विश्व धूमपानरहित दिवस मनाइने गरिन्छ ।

    धूमपान भन्नाले के बुझिन्छ ?

    सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टिका र निकोटियना टोबाकम” को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्त्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूमपानको सङ्ज्ञा दिइन्छ । यो धुवाँ सेवन मात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुर्व्यसन हो ।
    सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त ?

    सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपमा खाने गर्ने गरिन्छ ।

    धुवाँको रूपमा

    नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा सुर्ती सेवन गर्दछन् । आर्थिक हैसियतअनुसार सिगार, चुरोट, बिडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानिया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिला, जो बच्चाका आमा हुन्छन्, उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ ।

    धुवाँरहित रूपमा

    हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीमा यस्तो रूपको धूमपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती, पानसँग, सुपारीसँग वा सुर्ती मात्रै† जस्तै : जर्दा, मावा मुखमा राखी रस लिने, चुस्ने सुर्ती† जस्तै : खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती† जस्तै : बजार दाँत सफा गर्न (मन्जनको रूपमा) प्रयोग गरिने सुर्ती† जस्तै : गुल, गुडाखु, मिश्री, मसेरी र वास/गन्ध लिने सुर्ती† जस्तै : स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा ।

    नकारात्मक असर

    एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूमपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन । वरिपरि बस्ने मानिसलाई पनि खराब असर पुऱ्याउँछ । कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान नै हो । यसले २५ किसिमका विभिन्न रोग प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सर बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ ।

    दाँत, छाला र औँलाहरू निकोटिनले पहेँला त्यसपछि कालो बनाउँछ । रक्तनली एवम् भल्भमा निकोटिन जम्दै जाँदा बोसोको मात्रा बढ्दै जाँन्छ । साँघुरिँदै जान्छ । धूमपानले मायोकार्डियल इन्फाकेसन, हर्टफेल र हृदयघात हुने सम्भावना तीन गुणा बढाउँछ भने मुटुसम्बन्धी रोग पाँच गुणा बढी हुन्छ । खुट्टामा थोम्ब्रोएन्जाइटिस अबलिटेरन्स हुन्छ । छातीसम्बन्धी रोगहरू दम, खोकी बढ्ने, टिबी (क्षयरोग), निमोनिया, ब्रोङकाइटिस, जीर्ण फोक्सोगत रोग र चाहिने अक्सिजन लिन नसकी स्याँ स्याँ हुन्छ । घुर्ने समस्या बढाउँछ । शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । श्रवणशक्ति कमजोर बनाउँछ । दिमागको कोषलाई असर पारी आई.क्यू. लेबल पनि घटाउँछ । समयपूर्व नै छालामा चाउरी पर्ने गराउँछ । कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्न, औषधीले काम नगर्ने, औषधी विरुद्ध अवरोध सृजना गराउने गर्दछ ।

    धूमपान नगर्नेलाई भन्दा गर्नेलाई क्यान्सर हुने अधिक सम्भावना रहन्छ । हुने गरेका क्यान्सरमा ९० प्रतिशतभन्दा बढी मुखको क्यान्सर, ८५ प्रतिशत फोक्सोको क्यान्सर, स्वरयन्त्र, अन्ननली, मूत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तनको क्यान्सर, पेटको, मिर्गौलाको, फियोको क्यान्सरको कारक धूमपान नै पाइएको छ । जम्मा क्यान्सरमध्ये ६५ प्रतिशत धूमपानले नै गराउँछ । पुरुषमा नपुंशकता र महिलामा बाँझोपन, मांशपेशी कमजोर, हाड कमजोर, मोतियाविन्दु, चपाउने सुर्ती प्रयोग गर्नेमा पेट दुख्ने, पटक पटक थुकिरहनुपर्ने, पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अङ्गभङ्गग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल सम्भावना हुन्छ । खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँछ । ३० वर्षको धूमपानकर्ता र ४२ वर्षको धूमपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पूरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेन्ड दौडिने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ । छोरा हुने सम्भावना घटाउँछ । क्रोमोजोमलाई निकोटिनले असर पारी पुरुषको प्रजनन् क्षमतामा कम, शुक्राणु नोक्सान र महिलाको पाठेघरमा नरभ्रुण बस्न नदिने अवस्था ल्याउँछ । कपाल र लुगा फोहोर हुने, तालु खुइलिने, कपाल झर्ने, छाला पत्रिँदै फुस्रो हुने (सोरियासिस), अनुहारको चमक हराएर चाँडै चाउरी पर्ने, ओठ सुख्खा, नीलो वा कालो भई सुन्दरता नष्ट भई कुरूप बनाउँछ ।

    धूमपानले मस्तिष्कमा रक्तश्राव गराउन सक्छ र पक्षघात भई मृत्यु हुन सक्छ । खानामा रुचि कमी, पेटमा अल्सर, पेटमा गडबडले गर्दा कुपोषण हुन्छ । दम, खोकी, स्याँ स्याँ र कमजोरीका कारण कामबाट वञ्चित भई अम्मली गरिबीको दलदलमा फस्दछन् । मासिक श्रावमा गडबडी, स्नायु नशा तथा धमनी सुन्निने, मधुमेह बनाउँछ । निकोटिनको दीर्घकालीन असर हातखुट्टामा पनि परी हातखुट्टामा बढी जाडो महसुस गरेको, औँला र जोर्नी दुखेको तथा बर्गर रोग लागेको देखीन्छ ।

    सुर्तीमा के छ र यति धेरै रोग लगाउन सक्ने ?

    सुर्तीलाई परापूर्वकालमा औषधीको रूपमा, घरानियाको प्रतिकको रूपमा र धार्मिक रूपमा प्रयोग गरिएता पनि प्राचीनकालमा नै यसका बेफाइदा थाहा भइसकेको कुरा प्राचीनकालमा टर्कीमा धूमपान गर्नेलाई मृत्युदण्ड दिने चलन र रुसका राजा जारद्वारा धूमपान गर्ने प्रजालाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथाबाट प्रष्ट हुन्छ तर वैज्ञानिक आधार पत्ता लागेको ५० वर्ष मात्र भएको छ ।

    अप्रशोधित सुर्ती वा ककडमा २५०० भन्दा बढी रसायनिक तत्त्व हुन्छन् भने ४३ तत्त्व कार्सिनोजन हुन्छन् । यही सुर्तीलाई धुवाँको रूपमा सेवन गर्दा ४००० रसायन हुन्छ, जसमा ४०० विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्याँस र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्त्व हुन्छन् । त्यस्तै अन्य तत्त्वसँग मिसाउँदा† जस्तै : चुना प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ ।

    उक्त कार्सिनोजन तत्त्वमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलिन्युक्लियर एरोमेटिक हाइड्रोकार्बन, टार, खोटो फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडिहाइड, ट्रेस धातु, निकल, आर्सेनिक, पोलोनियम–२१० इत्यादि पर्दछन् । प्रमुख प्राणघातक रसायनमा निकोटिन, खोटो र कार्बनमोनोअक्साइड पर्दछन् । एसिटोन, एमोनिया, आर्सेनिक, बेन्जिन, फर्मालिनजस्ता तत्त्वहरूले चुरोटको धुवाँमा रहेको विषाक्ततालाई थप ऊर्जा दिन्छन् ।

    धूमपान विरुद्धमा नेपालमा के गर्नुपर्ला त ?

    धूमपानले व्यक्ति, समाज, परिवार र राष्ट्रलाई नै अधोगति गराउने हुनाले यसको विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्दछ । नेपालमा धूमपान विरुद्धको अभियानमा निजी, सरकारी, गैरसरकारी, सङ्घसंस्था थुप्रै लागेका छन् तर तिनमा सामञ्जस्यको कमी छ भने यस अभियानको दायित्वबोध सबै सङ््घसंस्था, सञ्चारमाध्यम र तपाई, म, हामी सबै नागरिक समाजले नगर्दा यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । धूमपानजस्तो समाजको साझा समस्यालाई सामूहिक पहलबाट सामाजिक बहिस्कार गर्ने, धूमपान विरुद्ध अभियानलाई निरन्तर प्रक्रियाका रूपमा वर्षको ३६५ दिन नै सक्रिय रूपमा अघि बढाउनुपर्छ ।

    विद्युतीय सञ्चारमाध्यममा २०५५ फागुन ७ देखि धूमपानसम्बन्धी विज्ञापनमा रोक भए पनि सबै सञ्चारका माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउनुपर्छ । धूमपानसम्बन्धी विज्ञापन बोर्ड, होर्डिङ बोर्ड, सम्पूर्ण छापा, भित्तेपोस्टरमा बन्देज गरिनुपर्दछ । स्कुलको पाठ्यक्रममा धूमपानबाट हुने हानिबारे पाठ्यसामग्री बढाउनुपर्छ किनभने धूमपानको लत स्कुले उमेरबाट नै सुरु हुन्छ । विद्यार्थीलाई दिइएको शिक्षाले उसको ५० वर्षको जीवन स्वस्थ र सुरक्षित रहन्छ ।

    उपचारमा ठुला ठुला अस्पताल तथा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल प्रमुख भए पनि देशका पाँचै विकास क्षेत्रमा सहायक केन्द्र हुनु पर्ने तथा स्वास्थ्यचौकी, अस्पताल र सार्वजनिक स्थलमा सुर्ती सेवनका बेफाइदाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनुपर्दछ । ठुला व्यक्ति, आदर्श व्यक्तिद्वारा सेवन नगरिदिने गर्दा पनि अम्मलीम न्युनीकरण हुन सक्छ । बच्चाले देखासिकीमा बाबुआमा, दिदी, दाइ, नायकनायिका, खेलाडी, मोडेलबाट सिक्दछन् ।

    सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा ससाना प्याकेट र फुटकरमा किनमेल गर्न नपाइने बनाउँदा पनि अम्मलीको र बालबालिकाको सङ्ख्या घटाउन सकिन्छ । चुरोटको सेवनलाई घटाउन वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुन सक्छ ।

    विश्व बैङ्कका अनुसार चुरोटको मूल्यमा हुने १० प्रतिशत वृद्धिले मात्रै पनि उच्च आयदर भएका मुलुकमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यवृद्धिले पनि करिब ४ करोड २० लाख मानिसले धूमपानको लत छोड्ने र त्यसको परिणामस्वरूप कम्तीमा १ करोड मानिस चुरोट सम्बद्ध रोगका कारण मर्नबाट बच्नेछन् ।

    बालबालिकालाई ओसारपसार, विक्री वितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनुपर्दछ ।

    अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनुपर्दछ ।

    सार्वजनिक स्थलमा धूमपान बिक्रीवितरण गर्नेलाई कारबाही, दण्डसजायको कार्यान्वयन गरी भागीदार गरिनुपर्दछ ।

    निःशुल्क स्वास्थ्य शिविर, सहकारी, सरकारी र गैरसरकारी संस्थाबाट बेलाबेलामा गरिने कार्यक्रमको आयोजना सहरी क्षेत्रमा मात्र नभई गाउँगाउँमा र धेरै सङ्ख्यामा गरी धूमपानलाई निरुत्साहित पार्नुपर्दछ । आवश्यक सरसुविधा पूर्वाधार र दरबन्दीको व्यवस्था गरी डेन्टल र मेडिकल डक्टर गाउँगाउँमा जाने वातावरण बनाइनुपर्दछ, जसले एकातिर धामी झाँक्री, झोले डाक्टर र नक्कली डाक्टरको विगविगी घट्ने र उनीबाट ठगिएका जनताले गुणस्तर र सर्वसुलभ उपचार पाउनेछन् भने अर्कोतिर, रोजगारी नपाएर डक्टर भौतारिनु र विदेशिने अवस्थाको अन्त्य हुनेछ ।

    सुर्तीजन्य पदार्थ सेवनबाट बच्न अम्मली स्वयम्कै दृढसङ्कल्प र उच्च मनोबल चाहिन्छ । कुलतबाट छुटकारा पाउन परिवारजनले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । आफूलाई सकेसम्म व्यस्त राख्दा यस्ता लतमा ध्यान जादैनन् । सकेसम्म एक्लै बस्नुहुँदैन, परिवार र साथीसँग बसी छलफल गर्ने गर्नुपर्दछ । साथीलाई समेत कुलतबाट छुटकारा पाउन सल्लाह दिनुपर्छ । कुलतबाट मुक्त हुन कुनै विशेष तिथिमिति† जस्तै : जन्मदिन, नयाँ वर्ष वा प्रेरक व्यक्तित्वको जन्म दिन पारेर प्रतिज्ञा गर्नुपर्छ । उक्त अठोट बारेमा सकेसम्म धेरै साथी वा परिवारजनलाई बताएर मनोवल बढाउन सकिन्छ । सुर्ती सेवनमा निर्भर भइसकेकाको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बाट गर्न सकिन्छ ।

    अन्तमा, धूमपानले स्वास्थ्यमा प्रतिकूल असर पार्छ नै, त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठुलो नोक्सानी पुऱ्याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने क्रममा कैयन् कामदार अम्मली बन्दछन्, जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारको लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्न सक्दछन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजस्व दिन्छ तर अम्मलीलाई केवल कष्टकर प्राणघातक रोग र मृत्यु मात्र दिन्छ ।

    (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव एवम् प्रवक्ता हुनुहुन्छ)

    शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.