बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले अठारौँ गणतन्त्र दिवस समारोह सम्पन्न गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालको प्रमुख आतिथ्यमा २०८२ जेठ १५ गते बिहीबार सो समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नारायण पुन र राजमो रुपन्देहीका जिल्ला सदस्य कृष्णबम मल्लले मन्तव्य राख्नुभएको थियो ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको सञ्चालन तथा राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमो रुपन्देहीका जिल्ला सदस्य हर्कबहादुर टन्डनले स्वागत गर्नुभएको थियो ।
