• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गणतन्त्र दिवसमा कास्कीका पाँच दलको अन्तरक्रिया, संयुक्त संघर्षको घोषणा


  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • पोखरा । कास्कीमा क्रियाशील राष्ट्रिय जनमोर्चासहितका पाँच दलले सार्वजनिक सरोकारका विभिन्न विषय समेटी संयुक्त संघर्ष गर्ने जनाएका छन् ।

    Advertisement

    १७ औँ गणतन्त्र दिवसका अवसरमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा दलहरूले गणतन्त्रको रक्षा, भ्रष्टाचार र अनियमितताको विरोधका साथै पोखराका सामाजिक–सार्वजनिक सरोकार, जस्तै सुकुम्बासी समस्या, सहकारी पीडितका समस्या, फेवातालको मापदण्ड, बसपार्क लगायतका विषयमा संघर्ष गर्ने घोषणा गरेका हुन् ।

    राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिष्ट पार्टी, नेकपा बहुमत, नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त रूपमा संघर्षका कार्यक्रम चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन्।

    बुधबार ‘अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध, विकास, समृद्धि र सुशासनका पक्षमा’ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

    नेपाल समाजवादी पार्टी, कास्कीका जिल्ला संयोजक राजु क्षेत्रीको सञ्चालनमा अघि बढेको कार्यक्रमका अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सचिव उमेश सि र स्वागत क्रान्तिकारी कम्युनिष्ट पार्टी कास्की संयोजक विक्रम थापाले गर्नुभएको थियो ।

    यस्तै, विषय प्रवेशसहितको मन्तव्य राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संयोजक शंकर बरालले राख्नुभएको थियो ।

    त्यस अवसरमा संयोजक बरालले भन्नुभयो, ‘यदि भ्रष्टाचार र अनियमितता अन्त्य गर्न दलहरू स्वयं सच्चिन तयार छैनन् भने यो व्यवस्था आफैं ढल्नेछ। राजावादी आउन पर्दैन ।’

    अन्तरक्रियामा मुख्य बहसका विषयहरू पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ठेक्का प्रक्रिया र निर्माणमा अनियमितता, फेवाताल मापदण्ड, संरचना व्यवस्थापन र सर्वोच्च अदालतको आदेशको कार्यान्वयन, स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामा आधारित विकास, विकास, समृद्धि र सुशासनमा केन्द्र र स्थानीय सरकारको भूमिका – जनअपेक्षा र यथार्थबीचको अन्तरलगायत थिए ।

    कार्यक्रममा आर्थिक विश्लेषक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक अवस्था नाजुक भएको उल्लेख गर्दै राजनीतिक दलभित्र मौलाएको आर्थिक अपारदर्शिता र जवाफदेहिता अभावले जनताको भरोसा कमजोर भएको दाबी गर्नुभयो।

    यस्तै, नागरिक मञ्च गण्डकी संयोजक विष्णुप्रसाद बराल र नेकपा (माओवादी केन्द्र) कास्की संयोजक विश्वप्रकाश लामिछानेले फेवातालको मापदण्ड, बसपार्क निर्माण र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

    नेकपा (बहुमत) स्थायी समिति सदस्य गुणराज लोहनीले राज्य जनताप्रति उत्तरदायी नभएपछि आफनो पार्टी जनकारबाहीमा उत्रन बाध्य भएको स्पष्ट पार्नुभयो।

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बराल, गण्डकी सचिव ठाकुर शर्मा, नेकपाका पोलिटब्युरो सदस्य आस्था सी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टीकाराम पौडेल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार रामजी थापा लगायतका वक्ताहरूले भ्रष्टाचार, ढिलासुस्ती, जनविरोधी योजनाहरू विरुद्ध संघर्ष आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले सबै सहभागी वक्ता, अतिथि र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

     

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.