• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नागरिक अधिकार जोगाउन युवा महासङ्घ आन्दोलनमा


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गृहमन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन र व्यवस्थापनको नाममा नागरिक अधिकारलाई कुण्ठित गर्न विधेयक अगाडि बढाएपछि युवा गैरसरकारी संस्था महासङ्घ नेपालले आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको छ ।

    Advertisement

    २०८२ जेठ १४ गते बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासङ्घले सो जानकारी दिएको हो ।

    महासङ्घका अध्यक्ष नारायण गिरीले भन्नुभयो– ‘पञ्चायती शासनशैलीभन्दा पनि कठोर र नागरिक स्वतन्त्रता कमजोर बनाउने गरी आएको सङ्घसंस्था दर्ता र नियमन र व्यवस्थापनसम्बन्धी संशोधन र एकीकरण विधेयक स्वेच्छाचारी, असान्दर्भिक र अस्वाभाविक छ ।’

    गणतन्त्रको स्थापना, संविधानको निर्माण र कार्यन्वयनमा नेपालका नागरिक संस्थाको अतुलनिय भूमिका नजरअन्दाज गर्दै सरोकारवालको सहभागिताबिना स्वेच्छाचारी ढङ्गले अगाडि बढेको प्रस्तावित ऐनमा राखिएका प्रावधानप्रति आफूहरूको आपत्ति रहेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो–’अझै पनि पुरानो शासनका कानुन राष्ट्रिय निर्देशन ऐन–२०१८, सङ्घसंस्था दर्ता ऐन–२०३४, समाज कल्याण ऐन २०४९ बाट नेपाली नागरीक संस्थाहरू निर्देशित हुनु विडम्वना नै हो ।’

    उहाँले सामाजिक क्षेत्रमा देखिएका समस्या न्यूनीकरणका लागि सरोकारवालाको सहभागितामा पुराना कानुनको आवश्यक शंशोधन वा खारेजी एक मात्रै विकल्प भएको बताउनुभयो ।

    कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य महेन्द्र पराजुली र सचिव नरेश रिजालले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

    सम्मेलनमा १६ दिने कार्यक्रमबारे जानकारी गराइएको थियो । आन्दोलनको कार्यतालिका यस प्रकार रहेको छ :

    २०८२ जेठ १५ देखि २० गतेसम्म जिल्ला तथा प्रदेश समितिले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने

    २०८२ जेठ २१ गतेदेखि २४ गतेसम्म कार्यस्थलमा कालोपट्टी बाधेर विधेयकको विरोध प्रदर्शन गर्ने

    २०८२ जेठ २५ गते महिला तथा बालबालिकामन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गर्ने

    २०८२ जेठ २६ गते गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र पेस गर्ने

    २०८२ जेठ २७ गते अर्थमन्त्रीलाई ध्यानाकर्षणपत्र पेस गर्ने

    २०८२ जेठ २८ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पेस गर्ने

    २०८२ जेठ २९ गते नेपालमा नागरिक अधिकार सडक बहस कार्यक्रम माइतीघरमा गर्ने

    २०८२ जेठ ३० गते गते साङ्केतिक विरोध तथा “नेपालमा नागरिक अधिकार : सम्भावना र चुनौती” विषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

    २०८२ जेठ ३१ गते अन्य सङ्घसंस्था र महासङ्घसहित संयुक्त पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.