• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सामाजिक सञ्जालका खुसीका फोटाभन्दा विदेशको जिन्दगी जटिल र कठिन छ


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    सामाजिक सञ्जालमा हालिने खुसीका फोटाभन्दा विदेशको जिन्दगी जटिल र कठिन छ ।

    हामी नेपाली रोजगारका निम्ति विदेशका धेरै मुलुकमा पसिना बगाइरहेका छौँ । यसरी पसिना बगाइरहनेमध्ये अधिकांश बाध्यता र केही रहरको कारण पनि हुन्छ । युवाका बाध्यताको पछाडि नेपाल सरकार र देशको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिको कुशासन, भ्रष्टाचार मुख्य रूपमा जिम्मेवार छ ।

    देशमा राणाशासन, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्रसम्ममा पनि युवाको विदेश पलायन नियति बनेको छ । नेपाली युवाका दुःखका धेरै आयाम रहेका छन् ।

    नेपालमा राजतन्त्र १८२५ देखि २०६३ सालसम्म नेपालको शाहवंशका शासन थिए अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए । नेपालका राजा शाह वंशका प्रमुखसमेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन देशमा गणतन्त्रको घोषणा गरेको थियो (यहाँ २०६३ वैशाख ११ गते जनआन्दोलनको विजय भइसकेकाले २०६५ जेठ १५ गतेसम्मको अवधिलाई पनि गणतन्त्रको अवधि मानिएको छ) ।

    नेपाल राजतन्त्रात्मक हिन्दु राज्य थियो तथापि १९०३ देखि २००७ सालको राजनीतिक परिवर्तनसम्म देश जहानियाँ राणाशासनको नियन्त्रणमा रहेको थियो । २०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागु गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो । यसरी देशले बेग्लाबेग्लै शासन व्यवस्था भोगेको छ ।

    यति लामो नेपाल र नेपालीको इतिहास बोकेको देशमा पछिल्लो समयमा विश्वसँगै नेपालमा पनि प्रविधिको प्रयोग भयो । देशमा शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको राम्रो व्यवस्थापन गर्न सकेको अवस्था रहेको छैन । देशमै केही गर्छु भन्ने युवालाई सरकारको सहयोगलगायतका व्यवस्थापन गर्न सकेन । राजनीतिक पार्टीका नेताहरूले केवल सरकार र सत्तामा कसरी पुग्ने र राष्ट्रको ठुलो मान्छे बन्ने भन्नेमा आफूलाई केन्द्रित गरेका छन् ।

    नेपाली युवाहरू धेरै मुलुकमा कानुनी रूपमा गएका छन् । कैयौँ मुलुकमा गैरकानुनी तरिकाले नेपाली युवा जीवनको सुन्दर सपना बोकेर महिनौँ पैदलयात्रा कैयौँ जोखिम मोलेर युरोप र अमेरिकी मुलुकमा पसेका खबर हिजोआज यत्रतत्र सार्वजनिक सञ्जालमा दिनहुँ आइरहन्छन् ।

    देशमा गणतन्त्र आएको पनि लामो समय भइसक्यो । विसं २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको थियो । त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । जनताको एक जना छोरा राष्ट्रपति भए पनि बाँकी करोडौँ छोराछोरीको दैनिकी कठिन बनेको छ । गणतन्त्रले मात्रै जनताको जीवन सहज बनाउन सक्ने रहेनछ भन्ने देखिएको छ ।

    यी सकारात्मक पक्षका बाबजुद मेरा धेरै प्रश्न छन् : के डाँडामा बनाएका भ्युटावरले विदेश जाने युवालाई रोजगार दिएको छ ? सडक निर्माण भएर सिङ्गो देशका युवालाई रोजगार मिलेको छ ? के सरकारले कृषिक्षेत्रमा युवालाई उत्साहजनक कृषि गर्ने योजना उपलब्ध गराएको छ ? यस्ता धेरै अनुत्तरित प्रश्न युवामाझ छन् ।

    यी सबै कारणले मैले देशका नयाँ कर्णधार विदेश पलायन हुनुमा देशको शासनसत्ताको दोष देख्छु । शासन धेरैपटक फेरियो । सरकार सत्ता धेरैपटक फेरियो तर व्यवस्था थोरै केहीबाहेक जस्ताको त्यस्तै छ । शासनसत्ता फेरिए पनि जनताको जीवन परिवर्तन हुन धेरै समय लाग्ने देखिन्छ ।

    देशका युवाहरू दिनहुँ अध्ययन र जीवनयापन गर्ने योजनाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लागेको देखिन्छ । यो सिलसिला अबको केही वर्षमा नरोकिए देशको अबस्था जटिल बन्दै जानेछ । वर्तमान अवस्थामा हामी परदेशबाट स्वदेश आउनेजाने गर्दै गर्दा देशका अधिकतम जिल्लाका मान्छेसँग भेटघाट, विचार आदानप्रदान गर्दा गाउँमा बुढाबुढी बाबाआमाबाहेक कोही नभएका कुरा चलिरहेका हुन्छन् ।
    हामी विदेशबाट फर्किएर गाउँमा जाँदा वा गाउँका हिजो मेलापात गर्दा भारी बिसौनी चौतारा जङ्गलमा परिणत भएका भेटिन्छन् । पानी भर्ने कुवा भासिएर गएका छन् । वस्तुभाउ चराउने जङ्गल मान्छे छिर्नै नसकिने भएका छन् । गाउँका स्कुलमा विद्यार्थी हरेक वर्ष घट्दै गएका छन् । हिजो गाईंभैसी बाख्रा पाल्ने गोठ भत्किएर माटोमा परिणत भएका विषय उठ्ने गर्दछन् ।

    हामी युवा फेरि कृषिक्रान्तिका कुरा फेसबुकमा लेख्छौँ । टिकटकमा भिडियो बनाउछौँ तर वास्तविकतामा हामीले पनि ती काम गर्न सकेका हुँदैनौँ । काम गरेकाहरूले पनि उचित ढङ्गले आयआर्जन गर्न सकेका छैनन् ।

    अर्कोतिर, आफ्नो परिवारलाई गाउँमै बसेर आफ्नै खेतबारीमा अन्न उत्पादन गर्नुपर्छ । सहरभन्दा गाउँमा बस्नु स्वास्थ्यको लागि राम्रो हो भन्न सक्दैनौ । विडम्बनाको प्रश्न यो पनि छ । हामी विदेशमा हुनेहरूले परिवार उठाएर सहरमा ल्याएर राखेका छौँ । यसले देशको सामाजिक व्यवस्थालाई भद्रगोल बनाएको छ ।

    यता, जीवनका सुन्दर सपना कुटुरो पारेर बुढा बाआमा, हुर्किंदै गरेका सन्तान, भर्खर जीवनयात्रामा जोडिएको जीवनसाथी, जन्मिएको घरगाउँ छोडेर बिरानो मुलुक, जहाँ भाषा मिल्दैन† जसको संस्कृति मिल्दैन† जहाँको हावापानी मिल्दैन—यावत् बाध्यताको बाबजुद पनि जीवन चलाउन अर्को मुलुक लागेका मान्छेका सुखदुःखका कथा विभिन्न छन् ।

    देशको विषय आफ्नो ठाउँमा छोडेर विदेशको कुरा गरौँ । रोजगारीका लागि विदेश आएका युवाको जिन्दगी सोचेकोजस्तै छ त ? नेपालबाट विदेशमा जाने युवाले एक प्रकारले सपना देखिरहेको हुन्छ । आफ्नो जीवनलाई सुखी र समृद्ध बनाउने योजना बनाएको हुन्छ तर विदेशको वास्तविकता बेग्लै रहेको हुन्छ ।

    विशेषतः महँगो लगानी गरेर जाने देशहरू जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशमा जुन एकदिने छुट्टीका सुन्दर तस्बिर सार्वजनिक सञ्जालमा सार्वजनिक गरिन्छ, ती तस्बिरभित्रको वास्तविक भोगाइ निकै फरक हुन्छ । कतिपय तस्बिर त सुन्दर देखिनकै लागि मुस्कुराइएका हुन्छन् ।

    म आफै जापानमा बस्ने भएर मेरा पनि यो खाले थुप्रै अनुभव छन् । नेपालबाट अन्य मुलुक वा मेरो भोगाइको देश जापानमा म आउँदा करिब ९५ हजार नेपाली छन् भन्ने सुनिन्थ्यो तर अहिले डेढ लाख नाघिसकेको छ ।

    नेपाली युवाको यति ठुलो सङ्ख्या जापान पस्दै गर्दा मैले माथि उल्लेख गरेअनुसार ९० प्रतिशत युवाको बाध्यता हो । मुख्य त जीवन चलाउन जसरी भए पनि गास, बास, कपास व्यवस्थापनको निम्ति आर्थिक पक्ष मुख्य भएको हुनाले युवाहरू जापान वा संसारका विभिन्न देशमा गएका छन् ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका विकसित देशमा पुगेर हामी पनि यसरी विदेशमा रमाउन पाइन्थ्यो भन्ने मनभित्रको एउटा कुनाको सोचाइले विदेशमा जानको लागि अझै मदत गरेको देखिन्छ ।

    केही मान्छे व्यापार गर्ने योजनाका साथ पनि आएको देखिन्छ तर त्यो सङ्ख्या निकै सानो रहेको छ । केही मान्छेले काम गर्दै गर्दा थोरैधेरै आर्थिक जम्मा गर्ने र होटेल खोल्ने र होटेलमा भिसा लगाएर नयाँ आउन चाहने मान्छेलाई बोलाउने र उनीबाट १० लाखदेखि १५ लाखसम्म लिएको देखिन्छ । जापानमा आउने मान्छेले तिर्ने र ल्याउनेले वकिल खर्चसम्म जोडेर पैसा लिएको देखिन्छ । यो एक प्रकारको परम्परा नै बनेको छ । विशेष विभिन्न सङ्घसंस्थाअन्तर्गत रहेर काम गर्ने मान्छेले यसरी नेपाली युवा ल्याउने र कमाउने गरेको देखिन्छ । जापानमा होटल र सङ्घसंस्थाको नाममा ठुलो कमाउधन्दा चलेको छ । यो कमाउधन्दाले हजारौँ नेपाली युवाबाट ठुलो रकम असुलेको छ । यसरी जापानमा होटल र सङ्घसंस्थाको नामबाट मानव तस्करी भएको छ । यस्ता गैरकानुनी काममा कैयौँ पार्टी र सङ्घसंस्थाका नेताकार्यकर्ता रहेका छन् ।

    अब १५ लाखसम्म तिरेर आएका मान्छेहरू, जसले महँगो ब्याज तिर्ने सम्झौता गरेर ऋण लिएर परदेश छिरेको हुन्छ । जापान नआउँदासम्म उसले जत्तिको सपना मनमा सजाएर आएको हुन्छ, जापान पुग्दाबित्तिकै सबै सपना एकछिन साँच्चिकै सपनाबाट ब्युँझिएझैँ हुन्छ । पहिलो कुरा, उसले भाषा जानेको हुँदैन; दोस्रो– अधिकतम कामदार काम जानेको हुँदैनन्; तेस्रो यहाँ हुने महँगो खर्चको बारेमा उसले अनुमान गरेको हुँदैन ।

    जापान आएको प्रत्येक व्यक्तिले कठिन जीवनको सुरुआत गर्दछ । यहाँ आउँदा ब्याजमा लिएको ऋण, देश छोडेको चिन्ता, बाध्यताले परिवारसँग बिछोड भएको क्षण आदिका कारण लामो समयसम्म तनावग्रस्त भएको हुन्छ ।

    जापान आएपछि काममा लाग्नुपर्ने हुन्छ । काममा सम्झौताअनुसार तलब नपाउँदा चिन्ता थपिन्छ । अधिकतम नेपालबाट कुक भिसामा जापान आउने कामदार काम नजानेको हुनाले साहुले थोरै तलबमा काम गराउने चलन पनि बनेको छ । थोरै तलबले जीवन धान्न गाह्रो हुन्छ भने कमाएर जोगाउन झन् गाह्रो हुने गर्दछ ।

    विद्यार्थी भिसामा आएका व्यक्तिका समस्या पनि त्यस्तै कठिन र जटिल हुने गर्दछ । नेपालबाट कन्सल्टेन्सीले दुईओटा काम गर्न पाइन्छ; दुई–तीन लाख कमाउन सकिन्छ भन्ने खालका झुटा आश्वासन दिएर देशमै केही गर्छु भन्ने खालको विचार पनि मोडिदिने खालका वातावरण बनाइदिएका हुन्छन् । जापानमा आएपछि तिनीहरूले भनेको भन्दा पूरै उल्टो वातावरण हुने गर्दछ । जीवन अन्धकार र कठिनाइमा धकेलिएको हुन्छ । त्यही कारण होला, हिजो आज नेपालीको दिनप्रतिदिन आत्महत्या गर्ने सङ्ख्या बढेको देखिन्छ । यी सबै समस्या उत्पन्न गर्ने पैसाको कारण देखिन्छ ।

    अधिकांश व्यक्तिले आफू आएको ऋण तिर्न सुरु गरेका हुँदैन । नेपालबाट साथीसँगीले ‘आहा झ् त्यति राम्रो देशमा छस्; पैसा टन्न कमाएको होलास्; मलाई एउटा आइफोन पठाइदे है’ भनेका हुन्छन् । नपठाइदिएको खण्डमा ‘अब बिर्सिस्, ठुलो भइस्’ भन्ने खालका आरोप लगाउन थाल्छन् । यसले जापान आएका व्यक्तिले साथीहरूको सम्बन्ध तोड्न बाध्य हुन्छन् ।

    नेपाली युवाका विदेशका कथाहरू फेसबुकमा देखिने फोटाभन्दा धेरै जटिल र कठिन रहेका छन् । नेपालमा रहेका आफन्तको लागि खुसी देखाउनको लागि भए पनि समुद्री किनार, ठुल्ठुला बगैँचा अग्ला सिसामा छुट्टीको दिनमा गएर फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नु, टिकटक बनाउनु खुसीभन्दा पनि बाध्यताको उपज हो ।

    विदेश आउनुभन्दा पहिले यहाँको वास्तविकता बुझेर भविष्यमा आइपर्ने कठिनाइको बारेमा विश्लेषण गरेर आफ्नो उद्देश्य मेल खान्छ वा खाँदैन भन्नेबारेमा बुझेर आउनु राम्रो हुन्छ । सोचेको जस्तो खुसी, सुखी र कमाइ गरेकाको सङ्ख्या निकै थोरै रहेको छ । अधिकांश नेपालीले सामाजिक सञ्जालमा हालिने खुसीका फोटाभन्दा विदेशको जिन्दगी जटिल र कठिन छ ।

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.