सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय यातायात युनियनको आठौँ जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले माधव ढकालको अध्यक्षतामा ११ पूर्ण, तीन वैकल्पिक र चार सल्लाहकार सहितको समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा भुपाल विसि, सचिव देविराम बेल्वासे, सहसचिव विशाल थापा र कोषाध्यक्षमा तिलक भुसाल चयन हुनुभएको छ ।
सदस्यहरूमा पशुपति भुसाल, द्रोनप्रसाद बेल्वासे, रोमप्रसाद खनाल, डेम घम, दामोदर बस्नेत र रेशम रायमाझी रहनु भएको भने वैकल्पिक सदस्यमा दामोदर भुसाल, सालिकराम पोख्रेल र कृष्ण पाण्डे चयन हुनुभएको छ। भेलाले दुर्गा भुसाल, कमल विसि, शोभाखर भुसाल र बलराम बन्जाडेलाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय जनमोर्चा प्रदेश सल्लाहकार शेरबहादुर विसि, राजमो लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी र अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रीय अध्यक्ष गोविन्द बिसीले शुभकामना दिनुभएको थियो ।
भेलामा अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगर प्रमुख झविलाल थापा, नेकपा (मसाल) जिल्ला प्रवक्ता पशुपति ढकाल, प्रगतिशील पत्रकार संघ केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीपक पन्थी, अखिल नेपाल युवक संघ अर्घाखाँची जिल्ला सचिवालय सदस्य सन्तोष सुनार, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्ण बन्जाडे लगायतको आतिथ्यता रहेको थियो ।
भुपाल विसिको अध्यक्षता, लोकराज भुसालको प्रमुख आतिथ्यता, देविराम वेल्वासेको स्वागत मन्तव्य र माधव ढकालको सन्चालनमा राजमो पार्टी कार्यलयमा कार्यक्रम सम्पन्न भाएको थियो ।