खलङ्गा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बिसौँ जिल्ला सम्मेलनपछिको पहिलो जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय सचिव जीवन नेपालीको प्रमुख आतिथ्यमा २०८२ जेठ ९ गते शुक्रबार खलङ्गामा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा अखिल (छैठौं) का केन्द्र्रीय सल्लाहकार चोपबहादुर विक, अखिल नेपाल युवक सङ्घका केन्द्र्रीय कोषाध्यक्ष कमल पौडेल, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडीलगायतको आतिथ्य रहेको थियो ।

अध्यक्षमा गोराथोकी
भेलाले बसन्तराज गोराथोकी अध्यक्ष रहनुभएको ३१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सावित्रा परियार, सचिवमा प्रविन जिसी, सहसचिवमा सचिन कँवर र कोषाध्यक्षमा सबिर बस्नेत रहनुनभएको छ ।
समितिमा दुई जना सल्लाहकार पनि चयन हुनुभएको छ ।
