रवि पौडेल ##
Advertisement
—१—
मिठो सम्झना आयो
आफ्नै कारणले गर्दा
जीवनमा दुख पायो
—२—
थाहा छैन मलाई
कतिखेर के हुन्छ
के पिर तँलाई ?
—३—
आगोले डडेको वन
समाल्न गाह्रो हुन्छ
आफै बिग्रिएको मन
—४—
कसरी बिग्रियो देश
छ व्यवस्था भ्रष्टाचारी
रह्यो अब शेष
—५—
बस पिएर आँसु
पछुतो मान्दै अब
मितेरी कसरी गाँसु
—६—
हिँडौँ झोला बोकेर
जागृत बनाउँदै जनता
राष्ट्रियताको नारा घोकेर
—७—
के सुनाऊँ अहिले
कस्तो थियो देश ?
इतिहास पढ पहिले
—८—
के गर्छौ छलेर
बाती खरानी हुन्छ
दिओमाथि जलेर
—९—
राष्टियता पुगेको भिरमा
मिठो हुँदैन किन ?
चिनी नराखे खिरमा
—१०—
हिमालमा कोइली करायो
विकासको नाममा देश
जङ्गपिल्लर हरायो