• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भूमि बैङ्कले भूमिहीनलाई जग्गा दिँदैन : रेग्मी (फोटासहित)

"छ किसान सङ्गठनद्वारा पत्रकार सम्मेलन "

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले भूमि बैङ्कले भूमिहीनलाई जग्गा नदिने बताउनुभएको छ ।

    नेपाल सरकारले २०८२र८३ को नीति तथा कार्यक्रममा भूमि बैङ्कको अवधारणा सामेल गरेपछि त्यसको विरोधस्वरूप आयोजित कार्यक्रममा मन्तव्य दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    २०८२ जेठ ४ गते आइतबार अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले साम्राज्यवादको नवउदारवादी नीतिअन्तर्गत भूमि बैङ्क आएको बताउनुभयो ।

    भूमि बैङ्क भनेको बैङ्कमा नगद राख्ने वा झिक्ने जस्तो होइन, त्यो त न्यूनतम ४०–५० वर्षका लागि राख्ने कुरा हो’ उहाँले भन्नुभयो– ‘यसले भूमिमाथिको व्यक्तिगत स्वामित्व हरण हुन्छ । भूमि बैङ्कले भूमिहीनलाई जग्गा दिँदैन ।’

    अध्यक्ष रेग्मीले भूमि बैङ्कले जमिनलाई वित्तीय वस्तुको रूपमा व्यवहार गर्ने बताउनुभयो ।

    नेपालको बहुसङ्ख्या जनता किसान भएको बताउँदै उहाँले जमिनमाथि किसानको अधिकार सुनिश्चित गर्न भूमि बैङ्कको विरोध गर्नुको विकल्प नरहेको बताउनुभयो ।

    खासगरी बहुसङ्ख्यक भूमिहीन, दलित, मध्यमवर्गीय, गरिब किसानले भूमि बैङ्कको विरोध गर्नुपर्ने उहाँको भनाइ थियो ।

    किसानबिना देश नचल्ने बताउँदै उहाँले किसानका समस्यालाई सबैले महत्त्व दिएर उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले भूमि बैङ्कको अवधारणालाई स्वीकार गर्ने हो भने देश नै निजीकरण हुने बताउनुभयो ।

    स्वाभिमानी नेपालीले सोच्ने बेला आएको बताउँदै उहाँले भूमि बैङ्क देशभक्त नेपालीको पक्षमा नरहेको दाबी गर्नुभयो ।

    क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष सीताराम तामाङले भूमि बैङ्कको मुद्दा देशभक्तिको मुद्दा भएको दाबी गर्नुभयो ।

    भारत–पाकिस्तानको माझमा युद्ध भएको भए नेपालमा खाद्यान्नको हाहाकार हुने बताउँदै उहाँले भूमि बैङ्क अमेरिकालाई पोस्ने नीति भएको बताउनुभयो ।

    अखिल नेपाल किसान महासङ्घका पूर्व अध्यक्ष बलराम सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि बैङ्कको पक्षमा टुप्पीदेखि पैतालासम्म लागेको अभिव्यक्ति दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘जब जब केपी शर्मा ओली सत्तामा आउँछन, भूमि बैङ्क पारित गर्न गर्न खोज्छन् । अहिले पनि उनले त्यसै गरिरहेका छन् ।’

    अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदीले भूमि बैङ्क नेपालका जग्गाजमिन विदेशीलाई सुम्पिने षड्यन्त्र भएको बताउनुभयो ।

    भूमि बैङ्कको नीति लागु हुँदा सहकारीबाट किसानहरू ठगिएजस्तै हुने उहाँको धारणा थियो ।

    कार्यक्रममा सांसदहरू मीना तामाङ र रणेन्द्र बरालीले पनि सम्बोधन गर्दै किसानको पक्षमा आफूहरूले आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का नहेन्द्र खड्काको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता किसान महासङ्घका अध्यक्ष वलदेव चौधरीले गर्नुभएको थियो ।

    सञ्चालकले प्रेसवक्तव्य वाचन गर्नुभएको उक्त कार्यक्रममा छ किसान सङ्गठनका नेताकार्यकर्तासमेत बाक्लो उपस्थिति रहेको थियो ।

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.