• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१५ वर्षपछि सक्रिय हुँदै बाँकेका पुराना खेलाडी


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • नेपालगञ्ज । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याति कमाएका बाँकेका पुराना खेलाडी पुनः सक्रिय हुन थालेका छन् ।

    Advertisement

    बाँकेमा पूर्वखेलाडी सङ्घ गठन गरेर खेलकुदको विकास र यस क्षेत्रलाई खेलकुदमा चिनाउन भन्दै पुराना खेलाडी सक्रिय हुन थाल्नुभएको हो ।

    भलिबलका पुराना राष्ट्रिय खेलाडी राकेश श्रीवास्तवले करिब १५ वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सामाजिक उत्तरदायित्वका कारण पनि खेलप्रतिको निष्ठा कायम रहेको बताउनुभयो ।

    उहाँले २०३० देखि २०४२ सालसम्म भलिबलको राष्ट्रिय खेलाडीका रूपमा योगदान गरेको उल्लेख गर्दै विगतमा जागिरे जीवन भएका कारण केही कठिनाई झेल्नुपरेको बताउनुभयो । ॅजिल्ला ओझेलमा परेकाले पनि यसलाई पुनः जगाउने प्रयास गरिएको छ’ उहाँले भन्नुभयो ।

    पूर्वखेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले करिब १० वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सबै ठाउँमा खेलकुदका कार्यक्रम भए पनि नेपालगञ्जमा कम हुन थालेको गुनासो गर्नुभयो ।

    उहाँले २०३२ देखि २०५० सालसम्म फुटबल र हकीको खेलाडीका रूपमा खेल खेलेको उल्लेख गर्दै विगत केही वर्षअघि भारतको दक्षिण एसियाली खेलमा समेत सहभागी भएको बताउनुभयो ।

    ‘सबै ठाउँमा केही न केही खेलकुद भइरहेको छ तर नेपालगञ्जमा पुराना खेलाडीको बाहुल्य रहे पनि खेलकुद नभएकाले त्यसलाई पुनः सक्रिय गराउन खोजिएको छ’ अध्यक्ष सिद्दिकीले भन्नुभयो । पूर्वखेलाडी समाज, बाँकेले आगामी जेठ ९ र १० गते ब्याडमिन्टन १६ देखि १८ गतेसम्म नेपालगञ्जमा भलिबल प्रतियोगिता आयोजना गर्न थालेको छ ।

    ब्याडमिन्टनमा रु तीन लाख ५० हजार र भलिबल खेलमा रु चार लाख ५० हजार खर्च हुने समाजका अध्यक्ष निजामुद्दिन सिद्दिकीले जानकारी दिनुभयो । सो खेलका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

    ब्याडमिन्टन अन्डर १५ मा प्रथम द्वितीय र तृतीयलाई रु १० हजार, पाँच हजार र रु दुई हजार ५००, मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई रु २० हजार, १५ हजार र रु १० हजार पुरस्कार वितरण गरिने कावा अध्यक्ष सिद्दिकीले बताउनुभयो । नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरूष गरी २५ टिम र ब्याडमिन्टनतर्फ ७५ खेलाडी सहभागी रहने छन् । (रासस)

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.