• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गभर्नर नियुक्तिमा देखिएको देशको मुहार


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • नेपाल सरकारको आर्थिक सल्लाहकार÷खाता सञ्चालक, मौद्रिक नीतिनिर्माता, बैङ्कका पनि बैङ्क, नोट निष्काशनकर्तालगायतको भूमिकामा रहेको नेपाल राष्ट्र बैङ्क २०८१ चैत २४ गतेदेखि गभर्नरविहीन अवस्थामा छ । नेपाल राष्ट्र बैङ्क ऐन–२०५६ अनुसार बहालम्याद सकिनुभन्दा एक महिनापूर्व ऐनअनुसार गभर्नर नियुक्ति भइसक्नुपर्दछ । त्यो नियुक्ति गर्न ऐनले नै सिफारिस समितिसहित विभिन्न मापदण्ड उपलब्ध गराएको छ तर फागुन २४ गतेभित्र नयाँ गभर्नर नियुक्ति भइसक्नुपर्नेमा २०८२ वैशाख महिना समाप्त हुँदासम्म नियुक्ति भइसकेको छैन । अहिले राष्ट्र बैङ्क कायममुकाम गभर्नर निलम ढुङ्गानाको जिम्मामा छ । सम्भावित गभर्नरले राजीनामा दिने प्रचलनअनुसार निवर्तमान कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएको पहिल्यै हो ।

    Advertisement

    हाम्रो देशको शासनप्रशासन राजनीतिक भागवण्डाको आधारमा चल्ने गरेको छ । सञ्चारमाध्यममा सार्वजनिक तथ्यअनुसार राष्ट्र बैङ्कको गभर्नर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र नेपाल टेलिकमको कार्यकारी निर्देशकसितको भागवण्डामा अल्झिएको छ । विद्युत् प्राधिकरण र टेलिकमका प्रमुखहरू एमालेको पक्षमा गएपछि गभर्नर काङ्ग्रेसले लिनेछ । सोहीअनुसार, काङ्ग्रेसले डा. भट्टलाई अघि सारेको थियो । यसअघि डा. युवराज खतिवडा कार्यकारी निर्देशक भएकै कारण गभर्नरमा नियुक्ति हुन नसकेको नजीर देखाएर अहिले डा. भट्टको नियुक्ति रोकिएको बताइन्छ । अहिलेका कामु गभर्नर एमाले समर्थक मानिने भएकाले भागवण्डामा पर्ने कुरा भएन । आजभोलि चर्चा डा. विश्व पौडेलको छ, जो २०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार थिए । यसरी उनी राजनीतिक व्यक्ति हुन् । पर्यवेक्षकको तर्क छ, यी विविध कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय ढुङ्गानालाई गभर्नर बनाउन चाहन्छन् ।

    देशमा राजनीतिक भागवण्डाको पछिल्लो उदाहरण गभर्नर प्रकरण हो । वास्तवमा देश पूरै भागवण्डामा रुमल्लिएको छ । केही दिनअघि यस्तै भागवण्डाका कारण त्रिभुवन विश्वविद्यालयको कुलपतिबाट प्राडा केशरजङ्ग बरालले राजीनामा दिएका थिए । अब उनको स्थानमा एमालेले आफूपक्षीय प्राडा खड्क केसीलाई नियुक्ति गरिसकेको छ । गत मङ्सिरमा सूचना आयोगमा काङ्ग्रेसपक्षीय डा. सुरेश आचार्यलाई नियुक्त गरेपछि नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मालाई नियुक्त गरिएको थियो । देशैभरि यस्ता धेरै उदाहरण छन् । यसले बताउँछ, देश ऐनकानुनको आधारमा होइन, राजनीतिक भागवण्डा र नियुक्तिको भरमा चलिरहेको छ । त्यसले देशको शासनप्रशासनको अतिराजनीतिकरणलाई नै बताउँछ । यस मामिलामा सत्तारूढ दलहरू कोही अपवाद छैनन् । यसअघि सरकार सञ्चालन गर्ने माओवादी केन्द्र तथा सत्तासञ्चालनमा सहभागी रास्वपा र मधेसवादी दलको स्थिति पनि उस्तै छ अर्थात् यस सन्दर्भमा आशाको किरण बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

    के देशको शासनप्रशासन राजनीतिक भागवण्डाबिना चल्न सक्दैन ? त्यस्तो होइन । विभिन्न निकाय सञ्चालन गर्न थुप्रै ऐनकानुन, नीतिनियम छन् । ती ऐनकानुनअनुसार सम्बन्धित निकाय सञ्चालन हुन सक्दछ । ऐनकानुनमा बाधाअड्काउ आइपरेमा संसद्ले कानुन संशोधन गर्न सक्दछ तर त्यस्तो गरिन्न । यहाँसम्म कि बहालवाला ऐनकानुनको कार्यान्वयनलाई पनि अतिक्रमण गरिन्छ । पछिल्लो उदाहरण गभर्नर प्रकरणमा देख्न सकिन्छ । स्वयम् सरकारले नै गभर्नर प्रकरणमा दुई महिनाभन्दा बढी समय मिचिसकेको छ । यस्ता कार्यशैली शासनका अन्य निकायमा देख्न सकिन्छ ।

    लोकतन्त्रमा विधिको शासन महङ्खवपूर्ण मानिन्छ । त्यसका लागि देशको शासनप्रशासन ऐनकानुन, नीतिनियमअनुसार स्वायत्त प्रकारले सञ्चालन हुनुपर्दछ । सरकारले पनि विधायिकाले तयार पारेको विधिअनुसार काम गर्नुपर्दछ । शासन सञ्चालनको क्रममा गरिने सबै निर्णय ऐनकानुनअनुसार नै हुनुपर्दछ । अङ्कगणितीय हिसाबले गठन भएको शक्तिशाली सरकारले समेत यस विषयमा विचार पु¥याएको देखिन्न ।

    सरकारले मनोमानी प्रकारले जे गरे पनि हुन्छ भन्ने जुन कार्यशैली देखाएको छ, त्यसमा देशको अनुहार देख्न सकिन्छ । लोकतन्त्रको संस्थागत विकास गर्नका लागि सरकारका यी कार्यशैली फेरिनुपर्दछ ।

    युगदर्शन साप्ताहिक सम्पादकीय
    वर्ष १६, अङ्क ३० , २०८२ वैशाख ३१ गते बुधबार

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.