काठमाडौँ । कैलालीको सदरमुकाम धनगढीमा जेठ ३ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
राजमो सुदूरपश्चि प्रदेश समितिको आयोजनमा धनगढीस्थित निर्माण व्यवसायी सङ्घको सभाकक्षमा सो कार्यक्रम हुन थालेको हो ।
सुदूरपश्चिम प्रदेश समितिका सदस्य डबल बोगटीका अनुसार सो अन्तरक्रिया ‘देशको वर्तमान राजनीतिक परिस्थिति तथा गणतन्त्र रक्षाको प्रश्न’ विषयमा हुनेछ ।
कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट, प्रदेश समितिका उपाध्यक्ष हरिकृष्ण पाण्डेलगायतका विभिन्न नेताहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
वैचारिक मन्थन होस् भन्ने हेतुले सो कार्यक्रममा विभिन्न विचार राख्ने बुद्धिजीवीलाई पनि निम्त्याएको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार कार्यक्रम दिउसो २ बजेदेखि सुरु हुनेछ ।