तमघासबजार । गुल्मीको सत्यवती गाउँपालिकामा प्रतिगामी खतराका विरुद्ध तीन स्थानमा जुलुससहित सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा सत्यवती पालिका समितिको आयोजनामा २०८२ वैशाख २८ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको दौरानमा सत्यवती गाउँपालिका–२ गुलम्दीबाट सुरु भएको ऱ्याली विभिन्न स्थानमा कोणसभा सम्पन्न गर्दै सम्पन्न गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले प्रतिगामी खतरालाई गम्भीर लिनुपर्ने आवश्यकतामा जोड दिँदै सम्पूर्ण गणतन्त्र पक्षधर शक्तिको माझमा सहकार्यको आवश्यकता औल्याउनुभएको थियो ।
रुद्रबेनी बजारमा आयोजित कोणसभालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य ओमेन्द्र कुँवरले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन हीरबहादुर तरामुले गर्नुभएको थियो ।
त्यस्तै, सत्यवती–६ प्रमानन्दनगर (चोरकाटे) मा सम्पन्न कोणसभालाई राजमो गुल्मीकी कोषाध्यक्ष नरमाया थापा रानाले सम्बोधन तथा सञ्चालक ओम सिंजापतिले गर्नुभएको थियो ।
त्यस्तै, जोहाङ खैरेनीमा सम्पन्न कोणसभामा मन्तव्य राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले र सञ्चालन कमल पुलामीले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
