काठमाडौँ । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
Advertisement
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । अर्का व्यक्ति फरार छन् ।
पक्राउ पर्नेमा ५० वर्षीय दिनानाथ साह रहेका छन् ।
उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।