• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सहकारीपीडितका मागलाई सुदूर भविष्यको विषय बनाइएकोमा सहकारी अभियानको विरोध


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय सहकारी अभियानले सरकारको नीति तथा कार्यक्रममा सहकारीपीडितका मागलाई सुदूर भविष्यको विषय बनाइएकोमा विरोध गरेको छ ।

    Advertisement

    अध्यक्ष गङ्गालाल सापकोटाको हस्ताक्षरमा २०८२ वैशाख २९ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै अभियानको सो धारणा सार्वजनिक भएको हो ।

    नीति तथा कार्यक्रममा सहकारीपीडितको रकम सहकारी नियमन प्राधिकरणमार्फत वचत फिर्ता कोष बनाएर फिर्ता गर्ने आश्वासन सुदूर भविष्यको विषय भएको अभियानको ठहर छ ।

    अभियानले पाँच लाख रुपियाँसम्मको वचत फिर्ता गर्ने भने पनि कार्यान्वयन नभएको प्रसङ्ग यस सन्दर्भमा उल्लेख गरेको छ ।

    सहकारीमाथि व्यक्तिगत व्यवसायलाई जस्तो कर थोपर्नु गलत भएको भन्दै वक्तव्यमा सहकारीपीडितलाई तत्कालै न्याय दिन, दोषीलाई कारबाही गर्न र सहकारीका समस्या समाधान गर्न ठोस नीतिगत र संरचनात्मक व्यवस्था गर्न माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “संसद्का सबैभन्दा ठुला दुई दल सम्मिलित वर्तमान सरकारद्वारा प्रस्तुत एवम् पारित नीति तथा कार्यक्रमप्रति राष्ट्रिय सहकारी अभियानको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सङ्गठनको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्र देखिएको छ । सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियतामाथि आधारित छन् ।

    २. सरकारले आफ्नो नीति तथा कार्यक्रममा सहकारीपीडितका मागबारे ठोस र विश्वसनीय सम्बोधन गरेको छैन । त्यसमा उल्लेख गरिएको सहकारी नियमन प्राधिकरणमार्फत् वचत फिर्ता कोष बनाएर पीडितको रकम दिलाइदिने कुरा उल्लेख गरेको छ, जुन सुदूर भविष्यको विषय हो । सुदूर भविष्यको कुरा देखाएर सहकारीपीडितको भावनासँग खेलवाड गर्ने काम सरकारबाट भएको छ । यसअघि सरकारले सहकारीपीडितको पाँच लाखसम्मको बचत फिर्ता गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेर कार्यान्वयन नगरेजस्तै अहिले पनि सहकारीपीडितलाई न्याय दिन र सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न, सहकारीपीडितका जायज मागको सुनुवाइ गर्न सरकार उदासिन देखिएको छ भन्ने हाम्रो सङ्गठनको ठहर रहेको छ ।

    ३. सहकारीको ठुलो मात्रामा लगानीमा रहेको र असुली हुन नसकेको ऋण उठाउने प्रयोजनका लागि गठन गर्न भनी व्यवस्था गरेको ऋणअसुली न्यायाधीकरण गठन नगर्नु र सहकारीलाई प्राइभेट कम्पनीसरह कर लगाइनुले सहकारीजस्तो सामूहिक व्यवसायप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको छैन । हाम्रो सङ्गठन सरकारको यस प्रकारका रवैयाको विरोध गर्दै पीडितलाई न्याय दिन, सहकारी ठगीमा संलग्नलाई तत्काल कारबाही गर्न र सहकारीका समस्या समाधानका लागि तत्काल ठोस नीतिगत तथा संरचनागत कदम चाल्न सरकारसँग जोडदार माग गर्दछौँ ।”

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.