• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नियमितता र आकस्मिकताका बिचको द्वन्द्वात्मक सम्बन्ध

"सन्दर्भ 'कमरेड जलजला’ उपन्यास–९ "

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासको प्राक्कथनमा लेखिएको छ– ‘जलजलाबारे लेखिएको यो उपन्यास सुनन्दाबिना अगाडि बढ्न सक्दैन, उपन्यासले गति लिन सक्दैन । त्यसकारण उपन्यासको प्रारम्भ सुनन्दाबाट गर्नु आवश्यक हुन्छ । उनलाई त्यस उचाइमा पुऱ्याउनुपर्ने आवश्यकता हुन्छ, जसका आधारमा उनले उपन्यासको प्रवाहलाई अगाडि बढाउन सकुन्, जलजलाको व्यक्तित्वलाई उच्चतम रूपमा बाहिर ल्याउनका लागि सशक्त भूमिका खेल्न सकून् ।’

    जलजलाको व्यक्तित्ववलाई उच्चतम रूपमा बाहिर ल्याउन सुनन्दा नै कुमाउँबाट किन आउनुपऱ्यो ? सायद त्यसको कारण हो– नियमितता र आकस्मिकताका बिचको द्वन्द्वात्मक सम्बन्ध । प्रकृति र मानव समाज दुवै क्षेत्रमा त्यो नियमले काम गरेको हुन्छ । प्रकृति वा समाजमा खालि नियमितता मात्र हुन्न, त्यसभित्र आकस्मिकता पनि हुन्छ । कैयौँ घटनामा त्यो नियमले काम गरेको हुन्छ । त्यही नियमअनुसार जलजला र सुन्दा एकअर्काबाट धेरै टाढा भएर पनि एकअर्कासित जोडिन पुग्छन् । अर्का शब्दमा उनको जलजलामा नै रूपान्तरण हुन्छ । उनको त्यस प्रकारको भूमिकाका कारणले नै उपन्यासमा उनलाई धेरै नै महत्त्व दिइएको छ ।

    प्राक्कथनमा अगाडि लेखिएको छ– “संसारमा कैयौँ पल्ट यस्तो हुन्छ । सायद त्यो कुरा अत्यधिक रूपमा हुने गर्दछ । प्रायशः आपसमा कुनै सम्बन्ध नभएका टाढाटाढाका बिन्दुका बिचमा एउटा रेखा खिँचिने गर्दछ । तिनीहरू आपसमा मिल्ने गर्दछन् । निश्चय नै त्यस प्रकारका रेखा सिधा वा टेढामेढा, घुमाउरा वा चक्रदार पनि हुन सक्छन् ।” त्यही कुरा जलजला र सुनन्दाबारे पनि हुन्छ । चितवनको तोरीखेत र कुमाउँको दाँतुका दुई ओटा टाढाटाढाका विन्दुका बिचमा एउटा रेखा खिचिन्छ र जलजला र सुनन्दा आपसमा मिल्न पुग्दछन् । निश्चय नै उनीहरूका बिचमा खिँचिने त्यो रेखा सिधा नभएर घुमाउरो र चक्रदार हुँदै आपसमा मिल्न पुग्दछ ।

    संसारमा प्रायशः यस्तो हुन्छ कि बाह्य दृष्टिकोणले जुन चिज एकअर्काबाट धेरै टाढा हुन्छन्, उनीहरूका बिचमा पनि एकअर्कासित घनिष्ट सम्बन्ध रहेको हुन्छ वा एकअर्काबाट अभिन्न रहेका हुन्छन् । महासागरको पानी, आकाशको बादल वा वर्षाको पानी आदि एकअर्काबाट बेग्लैजस्ता देखिन्छन् तर वास्तवमा ती सबै एकअर्कासित घनिष्ट रूपले सम्बन्धित छन् । महासागरको पानी नभए बादल बन्न सक्दैन र बादल नभए वर्षा हुँदैन ।

    हिमालय, अग्ला पहाड अवश्य पनि एकअर्काबाट बेग्लै र टाढा छन् तर उनीहरूका बिचमा पनि आपसमा घनिष्ट सम्बन्ध हुन्छ । त्यही प्रकारको एउटा उदाहरण नदीको पनि लिन सकिन्छ । त्यसका दुइटा किनार एकअर्कासित बेग्लै र टाढा देखिन्छन् तर ती दुवै एकअर्काबाट बेग्लै होइनन् र उनीहरूका बिचमा घनिष्ट सम्बन्ध हुन्छ ।

    सायद कुरा त्यति मात्र होइन, पृथ्वीका बेग्लाबेग्लै महाद्वीप र महासागरहरू कैयौँ जगतका बेग्लाबेग्लै ग्रह तथा अन्तरिक्षका असङ्ख्य तारा वा तारामण्डल पनि एकअर्काबाट जति टाढा भए पनि ती सबै एउटै विश्व संरचनाका अभिन्न अङ्ग हुन् । हामीले हाम्रो शरीरको पनि उदाहरण लिन सक्छौँ । बाह्य रूपमा शरीरका कैयौँ अङ्ग हुन्छन् । आन्तरिक रूपमा पनि कैयौँ अङ्ग वा सूक्ष्म रूपमा करोडौँ, अरबौँ स्नायु हुन्छन् । प्रकट रूपमा ती बेग्लाबेग्लैजस्ता देखिए पनि एउटै शरीरका अभिन्न अङ्ग हुन्छन् ।

    प्रकृति र समाजको त्यो द्वन्द्वात्मक नियम जलजला र सुनन्दामा पनि लागु हुन्छ । त्यही नियमअनुसार उनीहरू एकअर्काबाट धेरै टाढा भए पनि एकअर्काको नजिक हुन पुग्दछन् र आपसमा मिल्न पुग्दछन् । नेपालको चितवन र भारतको कुमाउँ एकअर्काबाट धेरै टाढा छन् तर उनीहरूका बिचको त्यो दुरी गौण बन्न जान्छ र उनीहरूका बिचको सम्बन्ध प्रधान । उनीहरू जीवनको एउटै प्रवाहमा बग्न थाल्दछन् ।

    बेग्लाबेग्लै मानिसका बिचको सम्बन्धमा वा उनीहरूका बिचमा कायम हुने एकता वा विरोधका बिचमा पनि एकअर्कामा बदलिने वा रूपान्तरण हुने प्रवृत्ति हुन्छ । टाढा टाढा भएका कैयौँ मानिस एकअर्काका नजिक आउँछन् र एकअर्काका नजिक भएका मानिस एकअर्काबाट धेरै टाढा पुग्ने गर्दछन् । आपसमा घनिष्ट वा मैत्रीपूर्ण सम्बन्ध भएका मानिसका बिचमा शत्रुता हुन जान्छ वा एकअर्कासित असम्बन्धित वा आपसमा वैरभाव भएका व्यक्तिका बिचमा पनि घनिष्ट वा मैत्रीपूर्ण सम्बन्ध कायम हुन पुग्दछ । त्यही प्रकारले पहिले आपसमा कुनै सम्बन्ध नभएका वा एकअर्कासित परिचित पनि नभएका जलजला र सुनन्दाका बिचमा पनि घनिष्ठ सम्बन्ध हुन पुग्दछ । उपन्यासको गतिलाई ठिकसँग बढाउन वा सुनन्दाको भूमिकालाई ठिकसँग बुझ्न उनका विषयमा सही जानकारी हुनु आवश्यक छ ।

    सुनन्दालाई सही रूपमा बुझ्नका लागि उनलाई व्यक्तिगत रूपमा बुझ्नु मात्र प्रर्याप्त हुँदैन, त्यसका लागि त्यो सम्पूर्ण भौतिक परिस्थिति, ऐतिहासिक अवस्था वा सांस्कृतिक धरातललाई बुझ्नुपर्ने आवश्यकता हुन्छ, जोसित उनी सम्बन्धित हुन्छिन् । उनी वास्तवमा सुनन्दा मात्र होइनन् अनि उनी के हुन त ? त्यो कुराको उल्लेख गर्दै प्राक्कथनमा लेखिएको छ– “सुनन्दा कुमाउँकी छोरी हुन् । उनी कुमाउँको माटो, हावापानी, वनजङ्गल, नदीनाला, चराचुरुङ्गी, बाघभालु, भेडाबाख्रा, अग्ला पर्वतश्रेणी, ती पर्वतका छेउछाउमा प्राचीनकालदेखि बस्दै आएका प्रजाति, जाति, जनजाति, उनीहरूको इतिहास, सभ्यता, भाषा संस्कृति, त्यहाँको प्रकृति, मानव समाजमा बेग्लाबेग्लै कालमा हुने गरेका परिवर्तन, उथलपुथल, विकासका क्रम, प्रक्रिया आदि सबैको सम्मिलित सन्तान हुन् । त्यसकारण ती सबैबाट अलग गरेर उनलाई हेर्नु वा बुझ्नु सम्भव छैन ।”

    द्वन्द्वात्मक भौतिकवादले यो कुरामा जोड दिन्छ कि कुनै चिजलाई ठिकसँग बुझ्नका लागि त्यसलाई त्योसँग जोडिएको पूरै पृष्ठभूमिसहित समग्र रूपमा बुझ्ने प्रयत्न गर्नुपर्दछ । प्राक्कथनले सुनन्दालाई बुझ्नका लागि द्वन्द्वात्मक पद्धति अपनाएको छ ।

    कुनै व्यक्तिलाई बुझ्नका लागि ऊसित सम्बन्धित परिस्थितिलाई बुझ्नु मात्र प्रर्याप्त हुँदैन, कुनै व्यक्तिमा व्यक्तिगत रूपमा पनि कैयौँ विशेषता हुन्छन् । तिनीहरूलाई बुझ्ने कार्य पनि अत्यन्त कठिन र जटिल हुन्छ । जुन कुराले त्यो कार्यलाई अरू कठिन र जटिल बनाइदिन्छ, त्यो यो हो कि कसैको व्यक्तित्व स्थिर रहँदैन र त्यसमा लगातार परिवर्तन भइरहन्छ, शारीरिक र मानसिक दुवै प्रकारले । एकातिर, आत्मगत चिन्तन र अर्कातिर, बाह्य प्रभावका कारणले व्यक्तित्वमा त्यस प्रकारको परिवर्तन हुने गर्दछ । प्रस्तुत उपन्यासमा उनलाई त्यही गतिशील रूपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

    उनी पहिले एउटी पर्वतारोही हुन्छिन् । त्यसपछि समाज सेविका र गान्धीवादी तथा अन्तमा मार्क्सवादी–लेनिनवादी । उनको विवाह र प्रेममा पनि कैयौँ अन्तरद्वन्द्व र मानसिक सङ्घर्ष देखा पर्ने गर्दछ । जीवनका सबै परिवर्तनका बिचबाट उनी लामो अन्तरद्वन्द्व, मानसिक सङ्घर्ष र कैयौँ वक्ररेखा र घुम्तीका बिचबाट हुँदै अगाडि बढेकी हुन्छिन् । कामरेड जलजला र अजितका जीवनका आफ्नै कैयौँ जटिलता र घुम्ती रहेका छन्, सुनन्दाका आफ्नै बेग्लै प्रकारका । आफ्ना बेग्लाबेग्लै प्रकारका जीवनरेखा, वक्ररेखा, घुम्तीका बिचबाट हुँदै उनीहरू तीनै जना एउटै बिन्दुमा भेट हुन पुग्दछन् । तीनै बिन्दुका बिचमा हुँदै उपन्यास अगाडि बढ्दछ ।

    व्यक्तिगत रूपमा पनि सुनन्दाको व्यक्तित्वका कैयौँ आयाम हुन्छन् वा हुन सक्दछन् । त्यस सिलसिलामा प्राक्कथनमा लेखिएको छ– “उनको शारीरिक बनावट मात्र होइन, उनको स्वभाव, चरित्र, मनोविज्ञान, व्यक्तित्वको संरचना, चिजलाई हेर्ने र बुझ्ने सोचाइको प्रकृति, स्तर वा क्षमता, सम्पूर्ण विश्वलाई हेर्ने दृष्टिकोण” आदिका बिचमा वा पृष्ठभूमिमा राखेर नै उनलाई बुझ्ने प्रयत्न गर्नुपर्दछ अनि मात्र उनको व्यक्तित्व सही परिप्रेक्ष्यमा हाम्राअगाडि आउनेछ । त्यसरी उनको व्यक्तित्वको अध्ययनको प्रश्न एउटा अत्यन्त कठिन र जटिल कार्य हो । यो कार्य खालि उनका विषयमा मात्र होइन, संसारका प्रत्यक व्यक्तिको विषयमा सत्य हो । प्रत्यक व्यक्तिको व्यक्तित्व अत्यन्त जटिल हुन्छ र त्यसका सयकडौँ, हजारौँ आयाम हुन्छन् । ती विभिन्न पक्षका सन्दर्भमा नै उपन्यासले सुनन्दालाई पनि बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।

    प्राक्कथनले सुनन्दालाई ठिकसँग बुझ्न कुमाउँलाई ठिकसँग बुझ्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यस सिलसिलामा प्राक्कथनमा लेखिएको छ– “कुमाउँ भनेको के हो ? इतिहासकार वा भाषाशास्त्रीले कुमाउँ शब्दको बेग्लाबेग्लै प्रकारले अर्थ लगाउने गरेका छन् तर कुनै शब्द वा नामको वास्तविक अर्थ के हो ? त्यो एउटा जटिल र कठिन प्रश्न हो । त्यसको कुनै सिधा र सरल जबाफ दिनु सम्भव छैन ।”

    वास्तवमा कुनै शब्दको एउटै निश्चित अर्थ हुँदैन । बेग्लाबेग्लै परिस्थिति वा सन्दर्भअनुसार त्यसको अर्थमा परिवर्तन भइरहन्छ । त्यो कुरा कुमाउँ शब्दको सन्दर्भमा पनि हुन्छ र त्यसैले बेग्लाबेग्लै परिस्थिति वा ऐतिहासिक अवस्थामा त्यसको अर्थ र व्याख्या बेग्लाबेग्लै प्रकारका रहने गरेका छन् ।

    त्यस सिलसिलामा प्राक्कथनमा लेखिएको छ– “सुनन्दा ती सबै कुरासित जोडिएकी छिन् । त्यसकारण सुनन्दाको चर्चालाई ती सबैको चर्चाबाट अलग गरेर हेर्न सकिन्न ।” कुमाउँको चर्चा कहाँबाट सुरु गर्ने ? त्यो कुराको चर्चा गर्दै प्राक्कथनमा लेखिएको छ– “त्यो चर्चा जहाँबाट सुरु गरे पनि कुनै फरक पर्दैन किनभने संसारका सबै कुरा सम्पूर्ण पृथ्वी र सुदूर अन्तरिक्षका सबै तारा र ग्रह पनि आपसमा जोडिएका छन् । त्यसकारण कुरा जहाँबाट सुरु गरे पनि सबै कुरा आपसमा जोडिन्छन् ।” सुनन्दा कुमाउँकी छोरी ता हुन् नै त्यसका साथै हिमालय, खास गरेर नन्दादेवी हिमालयसित पनि उनको घनिष्ट सम्बन्ध रहेको छ ।

    हिमालय प्राचीन कालदेखि नै रहस्य र रोमान्सको विषय बन्दै आएको छ । हिमशृङ्खला एसिया र युरोपका कैयौँ भागमा फैलिएको छ । संसारका अन्य महाद्वीपमा पनि कैयौँ अग्ला हिमशिखर छन् । बाह्य र प्रकट रूपमा ती सबै एसिया र युरोपको हिमशृङ्खलाभन्दा बेग्लै छन् तर सम्पूर्ण प्राकृतिक र भूगर्भीय दृष्टिकोणले ती सबै एउटै प्राकृतिक संरचनाका अङ्ग हुन् र ती सबैका बिचमा घनिष्ठ सम्बन्ध छ । कुरा त्यति मात्र होइन, सम्पूर्ण विश्व र सम्भवतः अहिलेसम्म अज्ञात रहेका अन्य कैयौँ विश्वका बिचमा पनि त्यही प्रकारको अभिन्न सम्बन्ध रहेको छ । कामरेड जलजलाजस्तै सुनन्दा पनि त्यो सम्पूर्ण संरचना र त्यसमा अरबौँ वर्षदेखि हुँदै आएको विकासक्रम की सन्तान हुन् । निश्चय नै ती दुवै जनाका बिचमा एउटा अन्तर पनि रहेको छ । त्यो के हो भने सुनन्दा एउटी पर्वतारोही पनि रहेकी थिइन् र उनी पछि विभिन्न परिस्थिति र वैचारिक विकास क्रममा नै मार्क्सवादी–लेनिनवादी भएकी थिइन तर सुनन्दा एउटी पर्वतारोही पनि थिइन । जीवनका कैयौँ घुम्तीका बिचबाट हुँदै अन्तमा मार्क्सवादी–लेनिनवादी बन्न पुगेकी थिइन् तर त्यसको विपरीत जलजला सुरुदेखि नै मार्क्सवादी–लेनिनवादी हुन्छिन् ।

    हिमालय शृङ्खलामा बेग्लाबेग्लै देशमा अवस्थित कैयौँ हिमालय छन् । ती हिमालका बिचमा गढवाल कुमाउँको हिमालय पनि पर्दछ, जसलाई समष्टि रूपमा नन्दादेवी हिमालय भनिन्छ । सुनन्दाको विशेष सम्बन्ध त्यही हिमालयसित नै रहेको छ । त्यो नन्दादेवी हिमालयमा एउटा शिखर छ, जसलाई पञ्चचुली हिमालय भनिन्छ । त्यसबाट एउटा हिमनदी निस्केर तलतिर बग्दै जान्छ, जो पछि एउटा नालामा बदलिन्छ । त्यही ठाउँभन्दा केही माथि चारैतिर पहाडले घेरिएको भोजपत्रको एउटा जङ्गल छ । त्यसभन्दा केही तल एउटा गाउँ छ, जसलाई दाँतु भनिन्छ । त्यो कुमाउँको र नेपालको दार्चुलाभन्दा पारिको धार्चुलाको दारमा प्रगन्नाको एउटा गाउँ हो । त्यही गाउँमा एउटा सौका परिवार बस्दथ्यो । त्यो परिवारको मुखिया धनसिंह दताल थिए । उनी अनवाल वा भेडागोठाला थिए । त्यही परिवारमा सुनन्दाको जन्म भएको थियो । उनको जन्मको नाम नन्दादेवी थियो तर पछि उनी सुनन्दा बनेकी थिइन् ।

    प्राक्कथनमा कौसानी र थबाङलाई उपन्यासका दुईओटा विन्दु बताउँदै लेखिएको छ– “त्यो कथा कौसानीबाट सुरु हुन्छ र त्यो पिथौरागढको दारमा, दार्जिलिङ, लखनऊ, कौसानीको लक्ष्मी आश्रम, दिल्ली, भैरहवा, काठमाडौँ उपत्यका, चितवनको तोरीखेत, लुम्बिनी, कपिलवस्तु, गोरखपुर, वाराणसी, पेरिस, बर्लिन, मास्को, लेनिनग्राद, स्तालिनग्राद, युनान, प्युठानको ओखरकोट, गौमुखी, दिआल्नाचौर, रोल्पाको जलजलाधुरी, भामा ओडार आदि हुँदै अगाडि बढ्छ र थबाङमा गएर टुङ्गिन्छ । अन्तमा कौसानी र थबाङ एउटा विन्दुमा गएर मिल्छन् ।

    उपन्यासको विकासक्रममा “जलजलाको व्यक्तित्व झन्पछि झन् उच्च र बृहत्तर रूपमा प्रकट हुँदै जान्छ । त्यस क्रममा जलजला र सुनन्दाका बिचको सम्बन्ध कुन रूपमा विकास हुन्छ ? उनीहरू एकअर्कासित मिल्छन् वा सधैँका लागि एकअर्काबाट अलग हुन्छन् ? एकअर्काबाट अलग हुँदाहुँदै पनि पुनः सधैँका लागि आपसमा मिल्छन् वा एकअर्काबाट अलग र टाढा हुँदाहुँदै पनि उनीहरूका बिचमा स्थायी, अविछिन्न र चीर सम्बन्ध कायम हुन्छ ? प्रस्तुत उपन्यासले उनीहरू दुवैका बिचको सम्बन्ध कसरी विकसित हुनेछ ? त्यस प्रश्नको जबाफ खोज्ने प्रयत्न गर्नेछ । ती सबै प्रश्नको जबाफ दिन सम्भव हुनेछ वा एकैसाथ सम्भव र असम्भव दुवै हुनेछ ? प्रस्तुत उपन्यासले त्यो प्रश्नबारे पनि प्रकाश हाल्ने प्रयत्न गर्नेछ ।”

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.