• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

जनता निराश भएको मौका छोपेर राजावादी सल्बलाए : पुन


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले जनता निराश भएको मौका छोपेर राजावादी तत्त्व सल्बलाएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०८२ वैशाख २७ गते शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘सत्तारूढ दलको गलत नीतिका कारण नेपाली जनता निराश छन्’ उहाँले भन्नुभयो– ‘यही मौका छोपेर राजावादीले कैयौँ भ्रम दिइरहेका छन् ।’

    गणतन्त्रप्रति नेपाली जनताको समर्थन छैन भनेर राजावादीले दिएको पहिलो भ्रमको उहाँले प्रतिवाद गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘गणतन्त्रप्रति जना अडिग छन् । अवश्य पनि सरकारप्रति भने जनताको असन्तुष्टि छ ।’

    नेपालका राजाहरू कहिल्यै संवैधानिक भएर बस्न नसकेको बताउँदै उहाँले देशलाई पुनः राजतन्त्रतर्फ लैजान नसकिने बताउनुभयो ।

    ‘नेपाली जनता राजा शक्तिमा आएको देख्न चाहन्नन्’ पुनको भनाइ थियो ।

    राजा शक्तिमा आए राष्ट्रियता बलियो हुने, सुशासन आउने र भ्रष्टाचार हट्ने दाबीको पनि उहाँले खण्डन गर्नुभयो ।

    ‘राजा महेन्द्रकै समयमा कालापानीमा भारतीय सेना बसेको हो’ उहाँले भन्नुभयो– ‘निरङ्कुश राजतन्त्रकै बेलामा मूर्ति तस्करी हुन्थ्यो, राजालाई सबैभन्दा बढी ढुकुटी जान्थ्यो ।’

    गणतन्त्रपछिका सत्तारूढ दलले सुशासन दिन नसकेकाले प्रतिगामी तत्त्वले यस्तो स्थितिलाई उपयोग गर्न सक्ने धारणा उहाँको थियो ।

    राजनीति फोहर हुँदा जनताले दुःख पाए : थापा

    राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले राजनीति फोहर हुँदा जनताले दुख पाएको अभिव्यक्ति दिनुभयो ।

    ‘हामीले देखेका छौँ, जहाँको राजनीति फोहर हुन्छ, त्यहाँका जनताले दुःख पाउँछन् । नेपाली जनताले पनि त्यही कारण दुःख पाइरहेका छन्’ थापाले भन्नुभयो ।

    सत्तामा पुगेका गणतान्त्रिक शक्तिको गलत कार्यशैलीकै कारण प्रतिगामी तत्त्व सल्बलाएको उहाँको भनाइ थियो ।

    ‘२०४६ सालपछिका सरकारले नै राष्ट्रिय उद्योगधन्दा निजीकरण गरेर जनतामा वितृष्णा फैलाएका थिए’ उहाँले भन्नुभयो– ‘२०६२–६३ सालपछिका सरकारले पनि यस्तै गलत नीति अपनाइरहँदा दैनिक दुई हजार बढी युवा विदेश पलायन भइरहेका छन् ।’

    नेता थापाले गणतन्त्रका विरुद्ध प्रतिगामीले षड्यन्त्र गरिरहेकाले त्यसको रक्षाका लागि सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

    रगतसित साटेर ल्याएको गणतन्त्रको रक्षा गर्नेछौँ : रेग्मी

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले रगतसित साटेर ल्याएको गणतन्त्रको रक्षा नेपाली जनताले गर्ने ठोकुवा गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘रगतसित साटेर ल्याएको गणतन्त्र विरुद्ध कोही आउँछ भने हामी त्यसका विरुद्ध एकगठ भएर सङ्घर्ष गर्नेछौँ ।’

    उहाँले गणतन्त्रको विकल्प जनगणतन्त्र वा नयाँ जनवाद र समाजवाद भएको बताउँदै राजतन्त्रले वर्तमान व्यवस्थाको विकल्पको रूपमा काम नगर्ने बताउनुभयो ।

    अहिलेको समस्या सङ्घीयता भएको बताउँदै प्रवक्ता रेग्मीले भन्नुभयो– ‘अहिलेको खराबी सङ्घीयता हो, गणतन्त्र होइन ।’

    उहाँले गणतन्त्र व्यवस्था भएको तर सङ्घीयता प्रणाली भएकाले गणतन्त्र होइन, सङ्घीयता हटाउनुपर्ने धारणा उहाँको थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षतामा अघि बढेको उक्त सभाको सञ्चालन सचिव छवि खनालले गर्नुभएको थियो ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.