खलङ्गा । ‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका साथ प्युठानको स्वर्गद्वारी नगरपालिकास्थित भिङ्ग्रीको जेमुरेपाटामा सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा प्युठानको आयोजनामा २०८२ वैशाख २७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
पालिकास्तरीय सो कार्यक्रमको प्रमुख अतिथि राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल हुनुहुन्थ्यो ।

राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा विशेष अतिथि रहनुभउको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, उपाध्यक्ष इमानसिंह खड्का, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगर, अखिल नेपाल युवक सङ्घका सचिव कमल पौडेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य लक्ष्मण पुन, अखिल नेपाल किसान महासङ्घ प्युठानका उपाध्यक्ष यमप्रसाद गोराथोकी, जातीय समता समाजका नगर अध्यक्ष जितेन्द्र विकलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले प्रतिगामी खतराका विरुद्ध उच्चस्तरको सतर्कता आवश्यक रहेको बताउनुभएको थियो ।
गिरबहादुर गुरुङको अध्यक्षता तथा गङ्गाराम बिसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई द्रोण रावलले स्वागत गर्नुभएको थियो ।
