काठमाडौँ । केही दिनअघि प्युठान र रोल्पाका दुई युवाको भारत नागपुरमा निधन भएकोमा राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख २७ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना वयक्त गरेको हो ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“प्युठान जिल्ला प्युठान नगरपालिका–५ बासकोट निवासी २७ वर्षीय चिरञ्जित घर्ती र रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–१ पाङ निवासी १८ वर्षीय प्रकाश थापाको भारतको नागपुरमा सडक दुर्घटनामा परी मृत्यु भएको घटनाप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
रोजगारको सिलसिलामा प्रवासमा श्रम गर्न गएका ती युवाहरूको त्यस प्रकारले मृत्यु हुनु दुःखद रहेको छ र उक्त दुर्घटनाको दोषीलाई कारबाहीका लागि पहल गरिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रयासलाई हामीले सहना गर्दछौँ । अन्तमा हामीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”