काठमाडौँ । राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपालको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख २७ गते शनिबार शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको बताइएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“कामरेड प्रदीप नेपालको २०८२ वैशाख २३ गते भएको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड प्रदीप नेपालको नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको छ । यी दुबै आन्दोलनलाई अगाडि बढाउन उहाँ निरन्तर सङ्घर्षशील भइरहनुभयो । उहाँ राम्रो पत्रकार, लेखक र साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँको राजनीतिक, सामाजिक तथा साहित्यिक योगदानलाई नेपाली समाजले सदैव याद गर्नेछ । उहाँको मृत्युबाट नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनका साथै साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”