• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

संघीयता खारेजीको प्रस्ताव दर्ता गर्न राजमो नेताहरु संसद सचिवालयमा


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता सम्बन्धी सम्पूर्ण प्रावधानहरु खारेज गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गर्दैछ । सो सम्बन्धी प्रस्ताव लिएर राजमो नेताहरु संसद सचिवालय पुग्नुभएको छ ।

    Advertisement

    नेपालको संविधान २०७२ मा उल्लेखित संघीयता सम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गर्न लागिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । प्रस्ताव दर्ता गर्न अध्यक्ष केसी, उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे र सांसद पौडेलका सहयोगी अधिवक्ता रामप्रसाद भुसाल संसद सचिवालय जानुभएको हो ।

    सरकारले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि सोमबार मधेशवादी दलहरु राजपा र समाजवादीले पनि संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

    निशानछाप सम्बन्धी प्रस्तावको ध्यान अन्यत्र मोड्ने गरी अन्य प्रस्ताव नल्याउन आग्रह गरेको राजमोले संशोधनको ढोका खुलेपछि अब आफूहरुले पर्खिबस्न आवश्यक नरहेको निष्कर्षसहित संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेको हो ।

    ‘संविधानमा रहेको संघीयता सम्बन्धी प्रावधान हटाउन हामीले पहिले देखि नै संशोधनको तयारी गरेका थियौं । अहिले निशानछापमा संशोधनका लागि प्रस्ताव दर्ता भएपछि अन्य विषय नघुसाउन र संशोधनको ढोका नखोल्न हामीले आग्रह गरेका हौँ’ अध्यक्ष केसीले भन्नुभयो, ‘तर, मधेशवादी दलहरुले संशोधनको ढोका खोलेका छन् । हामीले अब पर्खिरहन पर्छ भन्ने छैन ।’

    अध्यक्ष केसीले नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको जानकारी दिँदै संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएको र जनतालाई चर्को आर्थिक बोझ परेको निष्कर्षसहित संविधान संशोधनको प्रस्ताव गरेको हो ।

    यस अघि अध्यक्ष केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन नगर्न अपिल गर्नुभएको थियो । अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा आफ्नो पार्टीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्ने केसीले स्पष्ट पार्नुभएको थियो ।

    निशानछाप सम्बन्धी संविधान संशोधनमा अन्य विषय घुसाउनु गलतः केसी

    केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा घुसाउन संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

    यस्तै, केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पनि अध्यक्ष केसीले संविधान संशोधनको ढोका नखोल्न आग्रह गर्नुभएको थियो । यदी संशोधनको ढोका खुले आफूहरुले पनि संघीयता खारेजीको प्रस्ताव दर्ता गर्ने केसीले बताउनुभएको थियो ।

    जब केसीले भन्नुभयो, संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलौं…

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.