बारा । राष्ट्रिय जनमोर्चा, बाराले ‘प्रतिगामी खतराका विरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यक्रम अनुसार राजमो बाराले स्थानीय स्तरमा विभिन्न संघर्षका कार्यक्रम सञ्चालन गरेको हो ।
त्यसक्रममा जिल्लाका विभिन्न स्थानमा सभा तथा कोणसभाका कार्यक्रम भएका छन् । राजमो केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज डम्बर पुरी, केन्द्रीय सदस्य धर्मानन्द सुवेदी लगायत जिल्लाका नेताहरूको उपस्थितीमा स्थानीय तहमा खबरदारी सभा भएका हुन् ।
जीतपुर बजारमा सम्पन्न कोणसभामा शेरबहादुर कार्की र हेमलाल पौडेलले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, कलैया जिल्ला प्रशासन चोक र निजगढ सहिद चोकमा डम्बर पुरी र शेरबहादुर कार्कीले सम्बोधन गर्नुभयो ।
यता, कोल्हवी नगरपालिका चोक तथा सिमरा चोकमा सम्पन्न कोणसभामा बालकृष्ण आचार्य र रमेश भट्टराईले सम्बोधन गर्नुभयो ।
डम्मरवाना मार्केटमा सम्पन्न कोणसभामा धर्मानन्द सुवेदी र शेरबहादुर कार्कीले सम्बोधन गर्नुभयो ।
यस्तै, पर्साको बनियार चोकमा डम्बर पुरी, शेरबहादुर कार्की र रमेश भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध वैशाद २० देखि २६ गतेसम्म देशब्यापीरुपमा स्थानीय तहमा खबरदारी सभा सञ्चालन गरिरहेको छ ।