• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पहलगाम हत्याकाण्डको नाममा पाकिस्तानमाथिको आक्रमण गलत : राजमो


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको पहलगाममा भएको आतंकवादी हमलाको विरोध गरेको छ । तर, उक्त आतंकवादी हमलाको नाममा भारतले पाकिस्तानमाथि गरेको आक्रमणप्रति पनि राजमोले आपत्ति जनाएको छ ।

    Advertisement

    शुक्रबार (२६ वैशाख)मा राजमोले एक वक्तव्य प्रकाशित गरी पहलगाम हत्याकाण्डका अपराधीहरूलाई पत्ता लगाएर उनीहरुलाई दण्डित गरिनुपर्नेमा जोड दिएको छ ।

    अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा ‘अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौँ निर्दोष महिला, बालकालिका र जनताको हत्या भएको’ भन्दै ‘निर्दोष जनताको हत्या हुने गरी भारतद्वारा गरिएको उक्त कारबाहीलाई न्यायसङ्गत मान्न सकिन्न’ भनिएको छ ।

    यस्तो प्रेस वक्तव्य
    भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा सैनिक आक्रमण गरिएको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । ती दुवै देश बिचको युद्धले ती देशहरूमा गम्भीर क्षति पुर्‍याउने छ र त्यसको प्रभाव पुरै दक्षिण एसिया र विश्वमा पनि पर्नेछ । पहलगामको घटना निश्चय पनि आतङ्कवादी घटना हो र त्यसमा निरपराध जनताको हत्या भएको छ । हामीले उक्त कारबाहीको तीब्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछौँ । पहलगाम हत्याकाण्डका अपराधीहरूलाई पत्ता लगाएर उनीहरुलाई दण्डित गरिनुपर्नेमा हामीले जोड दिन्छौँ । त्यो आतङ्कवादी घटना हो र अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौँ निर्दोष महिला, बालकालिका र जनताको हत्या भएको छ । निर्दोष जनताको हत्या हुने गरी भारतद्वारा गरिएको उक्त कारबाहीलाई न्यायसङ्गत मान्न सकिन्न र हामीले त्यस प्रकारको कारबाहीको विरोध गर्दछौँ । पहलगाम हत्याकाण्डको नाममा कुनै देशमाथि आक्रमण गर्नु र युद्धको लागि स्थिति तयार पार्नु कुनै पनि अवस्थामा सही हुन सक्दैन ।

    भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र हुन् र उनीहरूको बिचको युद्धमा आणविक अस्त्रहरूको प्रयोग भएमा त्यसले मानवजातिलाई विनाशको बाटोमा लैजाने छ । त्यस प्रकारको परिस्थिति आउन नदिन आपसी मतभेद र विवादका विषयलाई दुबै देशले परस्परमा छलफल गरेर टुुङ्ग्याउनु पर्दछ र त्यसका लागि हामीले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरुको समेत ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    काश्मिरका जनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आफ्नो भाग्यको फैसला गर्ने आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्दै आएका छन् । त्यस सम्बन्धमा भारत र पाकिस्तान दुवै देशले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सम्झौता गरेका छन् । पछि भारतले उक्त सम्झौतालाई अस्वीकार गरी काश्मिरमा अधिकार जमाएकोले त्यहाँ अशान्ति भएको थियो । हामीले काश्मिरका जनताको अधिकारको संघर्षको सम्मान गर्दछौँ र त्यहाँका जनताको न्यायपूर्ण मागलाई दृढतापूर्वक समर्थन गर्दछौँ । काश्मिरका जनताको सङ्घर्षको मागलाई दबाउनु कुनै पनि अवस्थामा सही नभएको कुरा प्रष्ट छ । उनीहरूले उठाउँदै आएको न्यायपूर्ण मागको समस्या समाधान गर्ने तर्फ कदम उठाउनु नै सबैभन्दा राम्रो हुनेछ । त्यसैले हामीले उनीहरूको जनमत सङ्ग्रहको मागलाई पनि समर्थन गर्न चाहन्छौँ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतालाई कार्यान्वयन गरेर ती देशले अहिलेको तनावको समाधान गर्नुपर्नेमा समेत हामीले विशेष जोड दिन चाहन्छौँ ।

    २०८२ वैशाख २६ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.