खलङ्गा । राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला सदस्य तथा पालिका समिति उपाध्यक्ष वीरबहादुर केसीकी आमा कुमारीदेवी खत्रीको निधन भएको एघारौँ दिन शोकसभा सम्पन्न भएको छ ।
२०८२ वैशाख २५ गते बिहीबार उहाँकै निवासमा शोकशभा सम्पन्न भएको हो ।
सभालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोखरेल, राजमो केन्द्रीय सदस्य नारायण जिसी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय पार्षद् तारा पुरी, राजमो
नारीकोटका अध्यक्ष हुकुमबहादुर थापालगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।
दिवंगत खत्रीको जीवनीबारेमा उहाँका छोरा तथा राजमो कार्यकर्ता वीरबहादुर केसीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो पालिका समितिका अध्यक्ष जनक केसी तथा सञ्चालन कृष्णप्रसाद जोशीको रहेको थियो ।
