काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ।
Advertisement
अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको बुधबार साँझ १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनका ७ छोरा र १ छोरी छन्।