काठमाडौँ । काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरुले खुलाउन नसकेको प्रहरीको दाबी छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।