परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रतिगामी खतराको विरुद्धमा सभा सम्पन्न भएको छ ।
Advertisement
‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका साथ २०८२ वैशाख २० गते शनिबार सुनवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चा नवलपरासीको आयोजनामा अघि बढेको सो कार्यक्रमलाई राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, राजमो
नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी र अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना पौडेलले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम सुनवल–६ तिल्काना, वडा नं. १ प्रगतिटोल, वडा नं. ४ सुनवल र वडा नं. १० गैडाखालमा कोणसभा सम्पन्न भएका थिए ।

{“capture_mode”:”AutoModule”,”faces”:[]}