• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दीपक (लघुकथा)


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    दीपक एकदमै गरिब परिवारमा जन्मिएको थियो । त्यही गाउँको धनी मुखियाको छोरा अनिल र दीपक एउटै स्कुलमा पढ्थे । दीपकका बुबाआमा मुखियाको घरमा निमेक गरेर गुजारा चलाउँथे ।

    एक दिन दीपकका बुबा घाँस काट्दा रुखबाट चिप्लिएर भुँइमा लडे । उनका खुट्टा भाँचिए । बल्ल बल्ल बोकेर घरको पिँढीमा सुताए परिवारका मानिसले ।

    दीपककी आमा औषधीमुलो गर्ने पैसा आफूसँंग नभएकाले मुखियासँग माग्न दीपकलाई लिएर गइन् । दीपककी आमाले मुखियासँग औषधी गर्ने खर्च मागिन् तर मुखियाले पैसा दिन मानेनन् । दुवै जना निराश भएर घर फर्के । उपचार नपाउँदा केही दिनमा बाबुको मृत्यु भयो ।

    दीपकलाई पढ्न र घरखर्च चलाउन निकै गाह्रो भयो । आमा दिनभर काममा जान्थिन् । त्यो पैसाले दीपकलाई कापीकलम र स्कुलपोसाक जुटाउन मुस्किल पऱ्यो । दीपक टालो हालेको कपडा लगाएर खाली खुट्टा स्कुल जान्थ्यो । उसलाई साथीहरूले जिस्काउँथे, हेप्थे ।

    ऊ गरिब भए पनि पढाइमा निकै जेहेन्दार थियो । जहिले पनि स्कुलमा स्कुल प्रथम हुन्थ्यो । उसको मिहिनेत देखेर शिक्षक खुसी थिए । ऊ उपल्लो कक्षामा जान्थ्यो तर खर्च जुटाउन झन् झन् गाह्रो हुन्थ्यो ।

    आफ्नो खर्चका लागि अन्डा दिने कुखुरा पालेको थियो । दिनहुँ अन्डा लिएर स्कुल नजिक पसलमा बेच्थ्यो र त्यही पैसाले कापीकलमको व्यवस्था गर्थ्यो । यसरी दीपक विद्यालय शिक्षा पार गरेर छात्रवृत्तिमा नाम निकालेर पढ्न सहर गयो ।

    यता, मुखियाको छोरा अनिल पढ्न अल्छी थियो । सधैँ फेल हुन्थ्यो । मुखियाले जबर्जस्ती मास्टरलाई भनेर पास गराउँदै क्लास चढाएका थिए । पछि पढाइ त्यत्तिकै छोडेर जुवातासको लतमा फस्यो । बाउको सम्पत्ति हिनामिना गऱ्यो ।

    यता, केही वर्षपछि दीपक डाक्टर बनेर गाउँमा फर्क्यो । उसलाई आफ्नै गाउँमा दुखीगरिबको सेवा गर्ने इच्छा भयो । आमा बुढी भएकी थिइन । दुःखले पढाएको छोरा डाक्टर बनेर आउँदा आमा अत्यन्तै हर्षित थिइन् । मुखियाका बुढाबुढी रोगले ग्रस्त थिए । सम्पत्ति सबै अनिलले सकेको थियो ।

    दीपक भेट्न भनेर घर जाँदा त्यो दयनीय अवस्थाको पुरानो घटना याद आयो । आफ्नो बुबालाई उपचार गर्न ऋण माग्दा नदिएको र बुबाको मृत्यु भएको सम्झेर आखाँबाट आसु झऱ्यो । ती अशक्त बुढाबुढीले त्यस्तो गरिबको छोरा आज पढेर डाक्टर बनेर आएको देखेर अचम्म परे ।
    दीपक घर आएर आमासँग सबै कुरा गऱ्यो ।

    आमाले भनिन्– हो बाबु । सारा सम्पत्ति छोराले सक्यो । साह्रै दुःख पाएका छन् । बिरामी पनि छन् । उनीहरूले हामीलाई सहयोग नगरेका भए पनि छोरा बैगुनीलाई गुण लगाउनुपर्छ । जा बाबु, उपचार गराई धर्म लाग्नेछ । उनीहरू सम्पत्तिका धनी थिए । मनका गरिब तर हामी धनका गरिब भए पनि मनका धनी छौँ । अब त तैँले कमाएर धनका पनि धनी भएका छौँ ।

    आमाको कुरा सुनेर दीपकले ती बुढाबुढीको उपचार गऱ्यो । निको भएपछि आफ्नै संरक्षणमा रेखदेख गरेर पाल्ने निर्णय लियो । मुखियालाई अहिले आफूले गरेको अपमान र अविश्वास सम्झेर आत्मग्लानि भयो ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.