कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चपुरले प्रतिगमनको खतराविरुद्ध बेलौरी नगरपालिका कलकत्ता बजारमा कोणसभा गरेको छ ।
शनिबार भएको कार्यक्रममा ·
Advertisement
सभामा राजमो प्रदेश सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नु भएको थियो ।
जिल्ला सहसचिव रङ्गबहादुर चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा राजमो जिल्ला सल्लाहाकार पूर्ण गुरुङ्ग, मजदुर नेता जनकबहादुर कुँवर ,जनजाती नेता राजकुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।
राजमोले ‘प्रतिगामी खतरा विरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारासहित स्थानीय स्तरमा कार्यक्रम गरिरहेको छ ।
सो कार्यक्रम अनुसार आइतबार (वैशाख २१ गते) लालझाडी गाउँपालिकाको चान्देउमा कार्यक्रम हुने राजमो कञ्चनपुरले जनाएको छ ।