काठमाडौँ । काठमाडौँ महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोकेका छन् ।
Advertisement
फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका महानगरपालिकाका ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका हुन् ।
बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
स्थानीयले फोहोर बोकेर गएका करिब २ सय गाडी सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकिदिपछि बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको महानगरले जनाएको छ ।
