काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति निधन भएको छ ।
लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौलाको उपचार गराई रहनुभएका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उहाँको परिवार स्रोतले जनाएको छ ।
२००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ काङ्ग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्व उपप्रमुखसमेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारु नेताका परिचय बनाउनुभएका डङ्गोल २०६२–६३ को जनआन्दोलनमा काठमाडौँमा कमान्डरका रूपमा खटिनुभएको थियो ।
उहाँका श्रीमती हुनुहुन्छ । उहाँको नाममा स्थापित ट्रस्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुऱ्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकु दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेन दास प्रधानले जानकारी दिनुभयो ।